धरानः धरानको भानुचोकमा रहेको घण्टाघरपछाडि आगलागी हुँदा चारवटा पसल जलेर नष्ट भएका छन् ।
शुरुमा भुपेन्द्र परालीको घरमा आगलागी हुँदा लहरै रहेका ८ वटा सटरमध्ये पाँचवटा सटरमा आगलागी भएको हो । ती पाँचवटा सटरमा बालबालिकाका कपडालगायतको फेन्सी आइटम, होटललगायत थियो । दुईवटा सटरमा रहेको सामान पूर्णरुपमा जलेर नष्ट भएका छन् भने अगाडिको भागमा रहेको एउटा पसलको सामान निकाल्न सफल भएको प्रहरीले जनाएको छ ।
२ वटा कपडा पसलका सामानहरु जलेर पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । धरानका दमकलले आगलागी नियन्त्रणमा लिइसकेको उनले जानकारी दिए । उनले कोपिला श्रेष्ठ र शशिकला श्रेष्ठको रेडिमेड फेन्सी पसलका सामान जलेर पूर्णरुपमा नष्ट भएको जानकार िदिए । ‘अन्यको क्षतिको विवरण आउन बाँकी छ’, उनले भने । के कारणले आगलागी भएको हो अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज










