Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब सरकारी स्कुल पढाउने शिक्षकको तलब ५८ हजारसम्म (सूचीसहित)

हाम्रो कोशी आवाज
साउन २८ २०७८, बिहिबार
अब सरकारी स्कुल पढाउने शिक्षकको तलब ५८ हजारसम्म (सूचीसहित)

धरानः अब साउनदेखि शिक्षकको तलब बढ्ने भएको छ ।
आव ०७७–७८ को बजेटमा सामुदायिक विद्यालयका शिक्षकको तलब बढाइएको थियो । आउँदो साउन १ गतेदेखि त्यो कार्यान्वयन हुने जनाइएको छ ।
शिक्षकको एसएलसीको नतिजाको आधारमा शिक्षकलाई तीन श्रेणीमा छुट्ट्याई तलब दिने गरिएको छ । प्रावि शिक्षकको हकमा दुई विषय वा सोभन्दा बढी विषयमा अनुत्तीर्ण भएर उत्तीर्ण गरेअनुसारको पनि तलब तोकिएको छ ।
प्रावि तह तृतीय: मासिक ३३ हजार ९३२ रुपैयाँ, प्रावि द्वितीय: ३७ हजार ७२० रुपैयाँ, प्रावि प्रथम: ४७ हजार ५९० रुपैयाँ, दुई विषयसम्म एसएलसी अनुत्तीर्ण: २८ हजार ४१४ रुपैयाँ, दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण: २६ हजार ८१४ रुपैयाँ, निमावि तह तृतीय: मासिक ३७ हजार ७२० रुपैयाँ, निमावि द्वितीय: ४७ हजार ५९० रुपैयाँ, निमावि प्रथम: ४९ हजार ९८४ रुपैयाँ, मावि तृतीय: मासिक ४७ हजार ५९० रुपैयाँ, मावि द्वितीय: ५३ हजार १४८ रुपैयाँ, मावि प्रथम: ५८ हजार ८५४ रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: साउन २८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend