Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ओलीनिकट युवाको प्रदर्शन (९ तस्वीर)

हाम्रो कोशी आवाज
भाद्र २ २०७८, बुधबार
धरानमा ओलीनिकट युवाको प्रदर्शन (९ तस्वीर)

धरानः धरानमा नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालले प्रदर्शन गरेको छ ।
सरकारको विरोधमा छाताचोकस्थित कार्यालयबाट निस्किएको रयाली भानुचोकमा आएर कोणसभामा परिणत भएको थियो । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको, सुकुम्बासी आयोग पुनस्थापनालगायतका माग राख्दै उनीहरुले प्रदर्शन र विरोध गरेका हुन् ।
कार्यक्रममा अग्रज युवा नेता हरि लिम्बू, केन्द्रीय सदस्य अफाव अहमद, धरान नगर इन्चार्ज विवेक राईले बोलेका थिए । कार्यक्रममा बोल्दै अग्रज युवा नेता लिम्बूले सरकारले मिलेर खानका लागि गठबन्धन निर्माण गरी देश बर्बादिको दिशातिर धकेलेको आरोप लगाए ।
उता राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेकी छिन् । सरकारले मंगलबार अध्यादेश ल्याएको थियो । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले यस्तो अध्यादेश जारी भए प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: भाद्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend