Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फर्किए रोनाल्डो, म्यानचेस्टर युनाइटेड जाने पक्का

हाम्रो कोशी आवाज
भाद्र १२ २०७८, शनिबार
फर्किए रोनाल्डो, म्यानचेस्टर युनाइटेड जाने पक्का

धरानः पोर्चुगिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ। इटालियन क्लब युभेन्टसबाट रोनाल्डो इङ्ग्लिस क्लब युनाइटेड जाने भएका हुन्।
म्यानचेस्टर युनाइटेडले ‘वेलकम होम क्रिस्टियानो’ भन्दै ट्विट पनि गरेको छ। म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई ट्रान्सफर गर्न उनी हाल रहेको क्लब युभेन्टससँग सहमति भएको जानकारी दिएको छ।
उनले आफ्नो करियरमा हालसम्म ३० भन्दा बढी मुख्य ट्रोफीहरु जितेका छन्, जसमा पाँच पटक यूईएफए च्याम्पियन्स लिग, चार पटक फिफा क्लब वर्ल्ड कप, इल्याण्ड, स्पेन इटाली लगायत लिग टाइटल र आफ्नो देश पोर्चुगलको लागि सात वटा युरोपियन च्याम्पियन सिप टाइटल जितेका छन्।
रोनाल्डोको ट्रान्सफरलाई अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पनि जोडेर चर्चामा आइरहेको थियो।

प्रकाशित मिति: भाद्र १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend