Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेले गरे दुई गोल

हाम्रो कोशी आवाज
भाद्र १४ २०७८, सोमबार
पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेले गरे दुई गोल

धरानःM अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पिएसजीले राइम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । याे सिजनमा बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् । मेस्सीले वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवश गरेका हुन।
यसअघि मेस्सी कोपा अमेरिकाको उपाधि जितेपछि मैदान बाहिर रहँदै आएका थिए । मेस्सीको डेब्यु खेलमा पिएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।
खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदूपयोग गर्दै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए ।
जितसहित पिएसजीले चार खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । राइम्स ३ अंकसहित रेलिगेशन जोन नजिक छ।

प्रकाशित मिति: भाद्र १४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend