धरानः धरानमा कोरोनाविरुद्धको भेरोसिल खोप (चाइनिज खोप) को दोस्रो डोज लगाएका छन् ।
धरानमा १५ हजार ३ सय ११ जनाले यसको दोस्रो डोज लगाएका हुन् । मङ्गलबार ५ हजार ९ सय १० जनाले यस्तो खोप लगाएका थिए भने आज (बुधबार) बाँकीले लगाउने धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।
यसअघि खासगरी ५५ वर्षमाथि विभिन्न संघसंस्था, संस्थान उद्योग वाणिज्य संघअन्तर्गतका वस्तुगत संघलगायतले यो खोप लगाएका हुन् ।
धरान–१६ मा मात्रै १३ सय जनाले दोस्रो डोज लगाएका छन् । धरान–१६ स्थित शारदा बालिका नमूना विद्यालयमा रहेको खोप केन्द्रमा खोप लगाउनेहरुको लिइएको तस्वीरः
तस्वीरहरुः हाम्रो कोशी आवाज



















