Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म (परीक्षा तालिकासहित)

हाम्रो कोशी आवाज
भाद्र १६ २०७८, बुधबार
कक्षा-१२ को परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म (परीक्षा तालिकासहित)

धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
कक्षा १२ को परीक्षा यही भदौ ३० देखि आगामी असोज ८ गतेसम्म सञ्चालन गरिने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो । विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: भाद्र १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend