Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रोनाल्डो बने सर्वाधिक गोलकर्ता खेलाडी

हाम्रो कोशी आवाज
भाद्र १७ २०७८, बिहिबार
रोनाल्डो बने सर्वाधिक गोलकर्ता खेलाडी

धरानः पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन् ।
पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । बिहीबार बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन् । यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल भएका छन् ।
आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो । पहिलो हाफबाटै अग्रता लिएको आयरल्याण्डमाथि पोर्चुगल निकै बलियो देखिएपनि गोल गर्न भने सकेको थिए। खेलको अन्त्यतिर ८९औं मिनेटमा रोनाल्डोले गरेको गोलबाट बराबरीमा फर्किएको पोर्चुगललाई अतिरिक्त समयमा पुनः अर्को गोल गर्दै रोनाल्डले जीत दिलाएका थिए ।
बुधबार राति विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्ध दुई गोल गरेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका हुन् । यसअघि रोनाल्डोले गत असारमा भएको युरो कपमा अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका थिए ।
रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गरेका हुन् । अलीले सन् १९९३ देखि २००६ सम्म इरानबाट खेल्दा १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
यसअघि दुई महिना अघि भएको युरो कपमा पनि रोनाल्डोले युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । पाँच संस्करणको युरो कप खेल्ने र गोल गर्ने एक्ला खेलाडी रोनाल्डो युरोपियन च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन् ।

प्रकाशित मिति: भाद्र १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend