Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालको टी २० वरीयता खस्कियो

हाम्रो कोशी आवाज
भाद्र १७ २०७८, बिहिबार
नेपालको टी २० वरीयता खस्कियो

धरानः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को टि(२० आई वरीयतामा नेपाल एक स्थान खस्किएको छ ।
आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किदै १३ औं स्थानमा झरेको छ भने १२ औं स्थानमा आयरल्यान्ड उक्लिएको छ ।
आइसिसीका अनुसार नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक छ । यता, आयरल्यान्डको भने २३ खेलमा ४ हजार ३ सय ९ अंक र १ सय ८७ रेटिङ प्वाइन्ट छ ।
तर नेपाल एसोसियटतर्फबाट टि(२० वरीयतामा अग्रस्थानमा छ ।
नेपालको ओडिआई वरीयतामा भने १६ औं स्थानमा यथावत छ । नेपालको टि(२० आईमा उत्कृष्ट वरियता ११ औं स्थान छ । नेपाल २०१९ मा केहि समय टि(२० आई वरीयतामा ११ औं स्थानमा रहेको थियो ।
टी(ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेका छन् । चौंथो न्युजिल्याण्ड र पाँचौंमा दक्षिण अफ्रिका रहेको छ ।
त्यस्तै, अष्ट्रेलिया छैटौं, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं र वेस्टइन्डिज दशौं स्थानमा छन् । जिम्बावे ११ औं स्थानमा छ । टि(२० आई वरीयतामा नेपालभन्दापछि १४ औं स्थानमा स्कटल्यान्ड, यूएई १५ औं, पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड १७ औं र ओमान १८ औं स्थानमा छन् ।
आईसीसी विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली हाल ओमानमा छ । त्यसअघि नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

प्रकाशित मिति: भाद्र १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend