Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’ पत्रकार आङ्लालाई प्रदान

हाम्रो कोशी आवाज
भाद्र १७ २०७८, बिहिबार
‘गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’ पत्रकार आङ्लालाई प्रदान

धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ ।
नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’ बिहीबार प्रदान गरिएको हो ।
प्रदेश नं. १ संसदीय दलका नेता एवं कांग्रेस सुनसरीका सभापति राजीव कोइराला, संघीय सांसद मिना सुब्बा, प्रदेश १ का प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरपालिकाका मेयर एवं ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’ का संस्थापक संरक्षक तिलक राईलगायत नेताहरुले नगद २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।
नेपाली कांग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न कांग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उपमहानगरपालिकाबाट नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपैयाँ प्रदान गरि अक्षयकोष स्थापना गरेका थिए ।

प्रकाशित मिति: भाद्र १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend