Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजका दीपेन धनकुटा जिल्लास्तरीय वक्तृत्वकलामा प्रथम

हाम्रो कोशी आवाज
भाद्र १९ २०७८, शनिबार
धरानको युएन, नवोदय कलेजका दीपेन धनकुटा जिल्लास्तरीय वक्तृत्वकलामा प्रथम

धरानः राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा सामुदायिक विकास मञ्च नेपाल धनकुटा र मानव अधिकार मञ्च नेपाल इलामको संयुक्त आयोजनामा शनिवार भएको धनकुटा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा युएन, नवोदय कलेज धरानका दीपेन भण्डारी प्रथम भएका छन् ।
भर्चुअल माध्यमद्वारा भएको प्रतियोगितामा धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जनता मावि का रवि पौडेल दोस्रो र पाख्रीबास नगरपालिकास्थित भारती माविकी कोपिला पोख्रेल तेश्रो बनिन् ।
प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रथम हुने दीपेन भण्डारीले प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा भाग लिने अवसर पाएका छन् ।
वक्तृत्वकलाको शीर्षक ‘कोरोना भाइरस (कोभिड–१९) ले बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको असर र वैकल्पिक उपायहरु’ रहेको थियो ।
प्रतियोगितामा १८ वर्षमुनिका बालबालिकाहरु सहभागी गराइएको आयोजकले जनाएको छ । दीपेनले यसअघि रयाडिकल लाइट नेपाल प्रा.लि.धरानद्वारा आयोजित एसईई स्पीकर धरान–२०७८, सिजन–१ को बिजेता समेत भएका थिए । एसईई स्पीकरको बिजेता बनेपछि उनले युएन, नवोदय कलेजले प्रदान गरेको पूर्ण छात्रवृत्तिमा विज्ञान सङ्काय लिएर कक्षा–११ मा अध्ययनरत छन् ।

प्रकाशित मिति: भाद्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend