Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बढ्दो दुर्घटना, दुईपाङ्ग्रे सवारीका १२ गल्ती

हाम्रो कोशी आवाज
असोज ४ २०७८, सोमबार
बढ्दो दुर्घटना, दुईपाङ्ग्रे सवारीका १२ गल्ती

दुईपांग्रे सवारी चालकका लागि अनिवार्य सर्त हो हेल्मेट । हेल्मेट चालकको टाउकोको सुरक्षाका लागि निकै महत्वपूर्ण सामान हो। त्यसैले दुईपांग्रे सवारी साधन चलाउनेका लागि हेलमेट अनिवार्य छ । तर हामीमध्ये धेरैजसो ट्राफिक नियमको पालना गर्नका लागि मात्रै हेलमेट लगाउने गर्छौ ।
यसैको कारण हुनसक्छ दुईपांग्रे सवारी चलाउनेहरुमा नेपालमा सस्तो हेल्मेट प्रयोग गर्ने बानी नै बसेको छ । सस्तो हेल्मेट यहाँ यसअर्थ भनिएको हो, कि यसमा गुुणस्तरीयता कमै हुन्छ । नेपालमा ५ सयदेखिकै हाराहारीमा हेलमेट पाइन्छ । तपाईहामीमध्ये धेरैलाई यो कुरा थाहा छैन कि, हामी दुुई पांग्रे सवारीसाधन प्रयोगकर्ताले कतिसम्म लापरबाही गरिरहेका छौँ ।
हो, धेरैजनाले प्रयोग गर्ने हेलमेट गुुणस्तरशून्य हुन्छ । टाउकोको सुुरक्षा त यो हेल्मेटले गर्दैन नै साथमा आँखा पनि नदेख्ने बनाउँछ ।
गुुणस्तरिय हेल्मेटको प्रयोग गरि मोटरसाइकल तथा स्कुटर चलाएको खण्डमा दुर्घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न सकिने विज्ञहरु बताउँछन् ।
मोटरसाइकल वा दुईपांग्रे सवारीको दुर्घटनाको समयमा राइडरलाई सबैभन्दा पहिले टाउकोमा चोट लाग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । मानव शरिरको सबैभन्दा संवेदनशील अंग टाउकोमा गहिरो चोट लाग्दा मानिसको ज्यान जाने संभावना उच्च हुन्छ । यस्तो अवस्थामा सुरक्षित र गुणस्तरिय हेल्मेट प्रयोग गरियो भने टाउकोमा हुने चोटका कारण मानिसको ज्यान जोगाउन सकिन्छ । त्यसैले हेल्मेटलाइ राइडरको सुरक्षा कवच मानिन्छ ।
गुणस्तरीय हेल्मेट कसरी छान्ने ?
-सामान्यतया सबै हेलमेटको बाहिरी सिल कडा हुनुपर्छ ।
-सो सिल भेन्टीलेटर, कम्फर्ट र सहि सेपको हुनुपर्छ।
-त्यसको आउटर प्याड सुरक्षित हुनुपर्छ।
-घस्रिदा तथा लड्दासमेत नकोरिने खालको हुनुपर्छ ।
-हेल्मेटको अप एण्ड डाउन भिजन र होरिजेन्टल पनि गुणस्तरीय हुनुपर्छ ।
-आफ्नो टाउकोको आकारअनुसार फिट हुने हेलमेटको प्रयोग गर्नुपर्छ ।
-नक्कली हेलमेट पनि बजारमा पाइने हुँदा कुन देशको कुन कम्पनीको हेलमेट कुन गुणस्तरको हुन्छ भन्नेमा चनाखो रहनुपर्छ ।
हेल्मेट लगाउँदा कुनै आवाज आउँछ कि आउँदैन त्यो कुरामा ध्यान दिनुपर्छ ।
यदि तपाईले लगाउँदै गरेको हेल्मेट गुणस्तरयुक्त छ भने त्यसबाट हेल्मेट लगाउँदै गर्दा कुनै आवाज (खिटिटि गरेर) निस्किन्छ । गुणस्तरहिन छ भने उक्त हेल्मेटबाट आवाज निस्कदैन।
प्रयोगकर्ताले सुरक्षित रहन के कुरामा ध्यान दिने ?
आफूले प्रयोग गर्दै आएको हेलमेट लामो समयसम्म नधुँदा कपाल झर्छ, छालामा एलर्जी आउँछ, टाउको चिलाउँछ । शारिरिक मात्र नभइ मानसिक रुपमा पनि स्वस्थ रहन आफूले लगाउने कपडाझैँ हेलमेटको भित्रीभाग निकालेर समय समयमा राम्रोसँग धुनुपर्छ ।
विभिन्न विज्ञहरुले दिएको अन्तर्वार्ता, भ्लग, आलेख तथा ट्राफिक प्रहरीको वेवसाइटमा दिइएका बारम्बार मोटरबाइक चालकले दोहोर्याउने र दुर्घटना गराउने दुईपांग्रे सवारी चालकका १२ गल्तीहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
1.ओभरस्पीड /हतारमा हाँक्नु : ट्राफिक प्रहरीको निकै पुरानो एउटा स्लोगन छ, बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न । सम्भवत सबैलाई थाहा छ यो स्लोगान । तर यो कुरा मनन गर्ने कमै छन् । अधिकांश दुर्घटनाको कारण हुन्छ चालक हतारमा हुनु । हो, समय हुनुजेलसम्म हामी आराम गर्छौ । गन्तव्यको बारेमा सोच्दैनौँ , जब सडकमा निस्कन्छौँ तब हामीलाई सबैभन्दा पहिले पुग्नुपर्छ । रोड मेरो हो भन्ने भाव हामीमा आउँछ । यो चालकको पहिलो गल्ती हो । त्यस्तै बाटोको अवस्था नहेरी मनलाग्दी स्पीड बटार्नु पनि दुर्घटनाको कारण बन्छ । बिग्रेका बाटो, भर्खरै खनिएका बाटो, निर्माणाधीन सडक, चिप्लो बाटो, माटो थुप्रिएको बाटो, व्यस्त सडक , हाईवे, सब वे, विद्यालय क्षेत्र, बस्ती क्षेत्र आदीबरे चालकले खासै ध्यान नदिएर मनलाग्दी दौडीँदा पनि दुर्घटना भइरहेको ट्राफिक प्रहरी बताउँछ ।
2. लेन मिच्नु
3. अनावश्यक ओभरटेक गर्नु अरु सवारीलाई जित्नैपर्छ भन्ने भाव राखेर हाँक्नु
4. अनावश्यक हर्न बजाउनु
5. बच्चालाई अगाडी राखेर हाँक्नु वा दुई जनाको बिचमा बच्चालाई राखेर हाँक्नु
6. ओभरलोड गर्नु सामान ओसारपसार गर्नु
7. स्टप जोन, जेब्राक्रसिङ स्पीड ब्रेकरबारे जानेर पनि साबधानी नअपनाउनु
8. मोबाईलमा गफिँदै हिड्नु, बाईकमा सँगै रहेका साथी सँग गफिएर सडकमा ध्यान केन्द्रित नगर्नु
9. तनावमा सवारी हाँक्नु
10. एम्बुलेन्स दमकल वा अत्यावश्यक सवारीको पछीपछि कुद्नु
11. मापसे गरी सवारी चलाउनु
12 सवारी चेकजाँच नगर्ने, हेल्मेटविना बाईक हाँक्ने, कागजपत्र नबोक्ने, बिनालाईसेन्स सडकमा हाँक्नु
रेक वर्ष हजारौँ नेपालीहरुले सडकको सही प्रयोग गर्न चुकेका कारण मृत्युवरण गर्न परेको तथ्यांकले देखाउँछ । मृत्यु अवश्यम्भावी छ । तर ‘हतारमा लतार’ भनेझैँ आफ्नै कारण निम्तने यस्ता दुर्घटनाले हामीलाई अंगभंग बनाउन सक्छ । जीवनभर पश्चातापमा बाँच्नुपर्ने बनाउनसक्छ ।
सोचौँ । किनकी जीवन अमूल्य छ ।

प्रकाशित मिति: असोज ४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend