धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीलाई सम्मान गरिएको छ ।
कलेज परिसरमा कक्षा–१२ का विद्यार्थीको लागि आयोजित विदाइ कार्यक्रममामा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने विद्यार्थीहरुमध्ये सुम्निमा राईलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा कोअपरेटिभमा प्रकाश राई, सृष्टि श्रेष्ठ, मोष्ट डिसिप्लिनमा टिजा लिम्बू, हस्पिटालिटी सागर याक्खा, सोफिया आङबुहाङ, मोष्ट रेगुलरमा रचना याक्खा, हेमकर्ण राई, आर्यन प्रधान सोसियल वर्करमा लिसु लिम्बू, अविशेक मादेन, वेल ग्रुममा संगीत लामा, सृष्टि राई, मोष्ट डिसिप्लिनमा समिक्षा वनेम, विश्वदीप बज्राचार्यलगायतलाई सम्मान गरिएको थियो ।
क्याम्पसका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले उनीहरुलाई खदा र सम्मानपत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञानेश्वर झाले युएन, नवोदय कलेज अहिले धरानमा वेष्ट कलेजका रुपमा अघि बढेको बताए । क्याम्पस प्रमुख तुम्बापोले दुई वर्षको अवधिमा धेरै आरोहअवरोध आएको बताउँदै तरपनि गुणस्तरीय शिक्षामा कलेजले जोड दिएको बताए । उनले कलेजले दिने गुणस्तरीय शिक्षाकै कारण विद्यार्थीको रोजाइको कलेज बन्न सकेको बताए । उनले विद्यार्थीहरुलाई कक्षा–१२ पछि पनि करिअर सम्झेर अघि बढ्न विद्यार्थीलाई सुझाए । कार्यक्रममा छात्रा सुम्निमा राईले पनि आफ्नो धारणा राखेकी थिइन् ।
विदाइ कार्यक्रममा विद्यार्थीलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, परीक्षा कन्ट्रोलर विष्णु दाहाल, युएन स्कुलका प्रिन्सिपल स्वर्ण सम्वाहाम्फे, नवोदय स्कुलका सहायक प्रिन्सिपल विद्याभुषण गुप्ता, एडमिन अफिसर सन्तोष झा, प्रमोटर जगत नेम्वाङलगायतले विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दै विदाइ गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत पस्किएका थिए । कार्यक्रमको सञ्चालन अध्यापक सुमन बाँस्कोटाले गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज


























https://youtu.be/C9UCqMWpEDA