Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को परीक्षाको नतिजा तिहारपछि

हाम्रो कोशी आवाज
असोज १० २०७८, आइतबार
कक्षा-१२ को परीक्षाको नतिजा तिहारपछि

धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए।
कोभिड-१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो। ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘तिहार पछाडि नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ।’
उनका अनुसार सम्भवत: सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा प्रकाशित गरिनेछ। करिब ४ लाख विद्यार्थीले कक्षा १२काे परीक्षा दिएका छन्। बाेर्डले परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गरेकाे थियो।

प्रकाशित मिति: असोज १० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend