Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘राष्ट्रियसभाले खर्च बढायो’

हाम्रो कोशी आवाज
असोज ११ २०७८, सोमबार
‘राष्ट्रियसभाले खर्च बढायो’

धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पहिचानसहितको संघीयता आवश्यक रहेको बताएका छन् ।
संविधानलाई जनमुखी, वस्तुस्थितिअनुकुल खालको बनाएर पहिचानसहितको बनाउनुपर्ने उनले धारणा राखे । संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान ) को लागि धरानको चुम्लुङ हिममा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले समाजवादी लचिलो संविधान बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।
नेता राईले हाल राष्ट्रियसभाले खर्च बढाएको समेत आरोप लगाए । ‘खर्च बढाउने मात्रै होइन’, उनले भने, ‘राज्यले आम्दानीको स्रोत पनि बढाउनुपर्छ ।’ उनले नेपालमा भ्रष्टाचार रोक्ने र घटाउने हो भने स्वतः खर्च घट्ने पनि बताए । भ्रष्टाचारिलाई कारवाही गर्ने निकाय भ्रष्टाचार निवारण आयोगले कारवाही गर्न नसक्ने भनेर कानुन बनाएर समेत भ्रष्टाचार गरिरहेको उनको भनाइ थियो ।
केपी ओलीले संघीयता नचाहिँदो भनिरहेको उनको आरोप थियो । नेपालमा सबै स्थानबाट आएर सबै जातजाति मानव बस्ती बस्न थालेको उल्लेख गर्दै विविधता भएको देशको लागि नै संघीयता आवश्यक नै भएको उनको भनाइ थियो । संघीयत भित्र स्वायत्त क्षेत्र, विशेष स्वायत्त तथा संरक्षित क्षेत्र समेत हुनुपर्ने उनको कथन थियो ।
जनता समाजवादीले भदौदेखि मंसिरसम्म संगठन विस्तार तथा जनजागरण अभियानलाई सुज अभियानको रुपमा अगाडि बढाएको छ । धरानमा सुनसरी जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का संयोजक दीपक मेन्याङ्बोको संयोजकत्वमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पूर्व माओवादीका धरान ६ का टेकबहादुर गौतम, इटहरी १९ का मिलन राई र इटहरी १६ का सुमितविक्रम साह जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

प्रकाशित मिति: असोज ११ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend