Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विद्यार्थीले दाँत जाँचेपछि लगाए दशैंको टिका

हाम्रो कोशी आवाज
असोज २३ २०७८, शनिबार
धरानमा विद्यार्थीले दाँत जाँचेपछि लगाए दशैंको टिका

धरानः धरान-१७ उदय टोलस्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयमा अध्ययनत विद्यार्थीले दशैंको टिका लगाएका छन् ।
सौर्य हेल्थ केयर फाउण्डेशन प्रालि धरानको प्राविधिक सहयोग र नेपाल राउण्ड टेबलअन्तर्गत धरान राउण्ड टेबल २६ को आयोजनामा एकदिने दन्त स्थास्थ्य परीक्षण र दशैं शुभकामना कार्यक्रम आयोजना गरेका छन् ।
कार्यक्रममा विद्यालयका बालविकास केन्द्रदेखि कक्षा–७ सम्मको ८० जना बालबालिकाहरुको दन्त परीक्षण गराएका थिए । विद्यालयको सम्पूर्ण विद्यार्थीहरुलाई दशैंको टिका लगाएर तथा दक्षिण दिएर र खाजाको व्यवस्था गरेर दशैको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको धरान राउण्ड टेबलका अध्यक्ष कृष्ण अटलले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका भूतपूर्व विद्यार्थी उमा राईले विद्यालयका दुईजना छात्र र छात्रा श्रद्धा राई र प्रवेश परियारलाई २ हजार ५ सय रुपैयाँ गरेको प्रधानाध्यापक सरोज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा भूतपूर्व अध्यक्ष लक्ष्मीकान्त बियानी, विद्यालय कार्यक्रम संयोजक दिनेश अग्रवाल र सौर्य हेल्थ केयर फाउण्डेशन प्रालिका डाक्टरहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: असोज २३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend