Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साफ च्याम्पियनसीपः भारत बाधक

हाम्रो कोशी आवाज
असोज २५ २०७८, सोमबार
साफ च्याम्पियनसीपः भारत बाधक

धरानः साफ च्याम्पियनसीपको फाइनल प्रवेशको संघारमा पुगेको नेपालको यात्रामा आइतबार भारत बाधक बनेको छ ।
लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले भारतसँग ०–१ ले पराजित भएपछि फाइनल प्रवेशका लागि अन्तिम खेल कै नतिजा पर्खनुपर्ने भएको छ ।
आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १–० गोलले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले अग्रता लिएको थियो । भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए । उनले सिक्स यार्ड बक्समा फारूख चौधरीले हेडमार्फत दिएको पास गोल गरेका थिए । त्यसअघि नेपालका कप्तान किरणकुमार लिम्बूले भारतका मनवीर सिंहको हेडरलाई उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए ।
नेपालको भने यो पहिलो हार हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ । भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ । चौथो स्थानको बंगलादेशको ४ अंक छ । १ अंक जोडेर पाँचौ स्थानमा रहेको श्रीलंका भने बाहिरिसकेको छ ।

अब समूह चरणको अन्तिम दिनको खेलमा नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ । नेपालले फाइनलमा स्थान बनाउन कम्तिमा बराबरी खेल्नु पर्नेछ ।
खेलमा भारतले नेपाललाई शुरुवातबाटै दबाबमा राखेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएतापनि खेलको अन्तिम १० मिनट नेपाल सम्हालिन सकेन । भारतका लागि ८२ औं मिनटमा कप्तान सुनिल क्षेत्रीले बक्स भित्रबाट सटिक भली गोल गर्दै टोलीलाई कठिन र महत्वपूर्ण जित दिलाएका थिए । तीन खेलहरुको समाप्ती पश्चात बंगलादेशको पनि ४ अंक छ भने नेपाल र माल्दिभ्सको ६–६ अंक छ । अन्तिम खेलमा नेपाललाई फाइनल प्रवेश गर्न निश्चित जितको खाँचो पर्नेछ । अर्को खेलमा भारतले माल्दिभ्सलाई हराए नेपालले बंगलादेशसँग बराबरी खेलेपनि फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र माल्दिभ्स चारै टोलीको फाइनल प्रवेशको सम्भावना कायम छ ।

प्रकाशित मिति: असोज २५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend