Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साफ च्याम्पियनसीपः इतिहास रच्दै नेपाल फाइनलमा

हाम्रो कोशी आवाज
असोज २७ २०७८, बुधबार
साफ च्याम्पियनसीपः इतिहास रच्दै नेपाल फाइनलमा

धरानः खेलमा रोमाञ्चक पुनःरागमन गर्दै नेपाल जारी प्रतिष्ठित साफ च्याम्पियनसीपको फाइनलमा ऐतिहासिक रुपमा पहिलोपटक प्रवेश गर्न सफल भएको छ ।
बुधबार लिग चरणको अन्तिम तथा निर्णायक मानिएको खेलमा बंगलादेशससँग १–१ गोलको बराबरी खेल्दै नेपालले दक्षिण एसियाली फुटबलको कुम्भमेलामा ऐतिहासिक सफलता हात पारेको हो ।
माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफमै पछि परेको थियो । बगंलादेशले खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो। बंगलादेशका सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८६ औं मिनेटमा अन्जनलाई बंगलादेशी खेलाडीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। त्यसमा गोल गर्दै अञ्जनले नेपाललाई ऐतिहासिक सफलता दिलाए ।
बंगलादेशलाई बराबरीमा रोकेसँगै नेपाल ७ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा हालसम्म नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

यसअघि नेपाल ५ पटक साफको सेमिफाइनलबाटै घर फर्किएको थियो । यसअघिको संस्करणमा पनि २०१८ मा नेपाल माल्दिभ्ससँग ३–० ले सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो । त्यसअघि सन् २०१३, २०११, १९९५ र १९९९ मा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो ।
नेपालले अब उपाधिका लागि ३० गते भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ । आजै हुने दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्दैछन् ।
भारतलाई स्पष्ट जितको आवश्यक्ता हुँदा माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ ।
माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा भएको खेलमा फाइनल प्रवेशका लागि नेपाललाई जित वा बराबरीको खाँचो थियो भने बंगलादेशलाई जित वाहेक अर्को विकल्प थिएन ।
खेलमा बंगलादेशले सनसनीपुर्ण अग्रता समेत बनाएको थियो । ऐतिहासिक फाइनलमा पुगेको नेपालले अब १७ अक्टुबरका दिन उपाधि भिडन्तका लागि फेरि मैदानमा उत्रिनेछ । बुधबार रासत नै हुने गत संस्करणका दुई फाइनिलस्ट टिम बिजेता माल्दिभ्स र उपविजेता भारतबीचको खेलको नतिजाले यस संस्करणको फाइनल खेल्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

प्रकाशित मिति: असोज २७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend