धरानः साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो ।
यसअघिको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा ८ रोक्दै फाइनलमा पुगेको थियो ।
बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै पहिलोपटक फाइनलमा पुगेको हो । यस्तै, बुधबार राति भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गर्दै पाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
अपराह्न भएको खेलमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका थिए । नेपालका लागि भने अन्जन विष्टले दोस्रो हाफको ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन् । बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ ।
फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः४५ मा हुनेछ ।