Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रोनाल्डो चम्किँदा युनाइटेडको शानदार जित

हाम्रो कोशी आवाज
कार्तिक १४ २०७८, आइतबार
रोनाल्डो चम्किँदा युनाइटेडको शानदार जित

धरानः क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेको प्रिमियर लिगको शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अघिल्लो चार खेलमा जित विहिन रहेको युनाइटेडले टोटेनहमलाई ३–० ले हराएको छ ।
खेलको ३९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले उत्कृष्ट गोल गरेका थिए ।
खेलको ६४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् । त्यसपछि खेलको ८६ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।
जितपछि १७ अंक पुगेको युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । टोटेनहम १५ अंकसहित आठौं स्थानमा छ । शनिबार अर्को खेलमा म्यानचेस्टर सिटी क्रिस्टिल प्यालेससँग २–० ले स्तब्ध भयो । अर्को खेलमा लिभरपुल भने ब्राइटन एण्ड होभ अल्बाइनसँग २–२ को बराबरीमा रोकियो । शीर्षस्थानको चेल्सीले न्युक्यासललाई ३–० ले र आर्सनलले लेस्टरलाई २–० ले हरायो ।

प्रकाशित मिति: कार्तिक १४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend