दशैं सकिएलगत्तै नेपालीहरूको महान पर्व चाड भित्रिसकेको छ । यमपञ्चकको पहिलोदिन कागको पूजा गरिन्छ भने दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा र चौथो दिन गाइपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नेपाल सम्वत् साथै तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाइ तिहारको विर्सजन हुन्छ ।
तिहारमा रमाइलो पर्व भएपनि अहिले केही विकृति भने भित्रिँदै गएको छ । विकृति नभित्रयाइ तिहार मनाउनु आजको आवश्यकता हो । तिहारलाई पहिलादेखि नै संस्कृतिमूलक चाड भनिदै आएको हो । र यसले नेपाली समाजलाई एकीकृत गर्दै लैजान मद्दत पनि गरेको छ । हरेक वर्ष सबैलाई हर्षित तुल्याएको छ । तिहार सबैमा भातृत्व, प्रेम, आत्मीयता ल्याउने माध्यम बनेको छ । तिहारले मान्छेको सभ्यताको रेकाङ्कन गर्छ । यो यो पर्वको महत्व र महिमा पनि महत्वपूर्ण छ ।
समग्रमा तिहारका गतिविधि हाम्रा संस्कार, संस्कृति र सभ्यताको सूचक हो । यसलाई सभ्य, भव्य र सालिनताका साथ सबैले मनाउनु आजको आवश्यकता हो । हामी सबैले तिहार मनाउ“छौं, देउसी-भैलो खेल्छौं तर यसको मर्म के हो भन्ने बुझेर विकृतितर्फ होइन संस्कृतितर्फ लैजाऔं । अन्त्यमा हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखक, पत्रकार, शुभचिन्तक महानुभावहरूमा उज्यालो पर्व तिहारको शुभकामना ।