क्यानडा- श्रीलंकाबाट बसाईसराई गरेर क्यानडा पुगेकी ८७ बर्षिय हजुरआमा रथा शान्मुगनाथनले स्नातकोत्तर(मास्टरडिग्री) गरेकी छन्। सात नातिनातिनीहरुकी हजुरआमा क्यानडाको योर्क विश्वविद्यालयमा मास्टर डिग्री (स्नाकोत्तर )हासिल गर्ने सबैभन्दा वृद्द व्यक्ति बनेकी छिन्।
उनले शान्ति र शिक्षाको लागि आफ्नो उत्साह र जोशलाई राजनीति विज्ञानको उपाधि(डिग्री) मा परिणत गरेकी सिएनएनले जनाएकाे छ।
रथा शान्मुगनाथन ८७ वर्षकी भए पनि अझै तदुरुस्त र सकृय छिन। उनी आफ्नो समय अन्य काममा खर्च गर्दिनन।उनी भन्छिन ‘मानिसहरूले जीवनमा सधैं लक्ष्य राख्नुपर्छ।तपाईं कुन सपनालाई पछ्याउन चाहनुहुन्छ पत्ता लगाउनुहोस् र अन्त्यसम्म त्यसलाई पछ्याउनुहोस्, अबश्य सफल भईन्छ।’
‘नोभेम्बरको पहिलो दिन, म मेरो सामान्य जीवनको बारेमा जाँदै गरेको एक साधारण महिला मात्र थिए। नोभेम्बरको दोस्रो दिन, जब मैले स्नाकोत्तर गरे, सबै कुरा परिवर्तन भयो,” शान्मुगनाथनले मुस्कुराउदै भनिन्।
को हुन रथा शान्मुगनाथन
श्रीलंकाको भेलानई भन्ने सानो गाउँमा जन्मेकी हुन शान्मुगनाथन।भारतको मद्रास विश्वविद्यालयमा स्नातक उपाधि हासिल गरेपछि भारतीय इतिहास र अंग्रेजी पढाउन श्रीलंका फर्किएकी थीइन उनी। सन १९९०मा उनी अंग्रेजीलाई दोस्रो भाषाको रूपमा पढाउन लन्डनमा सरिन् र लन्डन विश्वविद्यालयबाट लागू भाषाविज्ञानमा पहिलो मास्टर डिग्री प्राप्त गरिन्।
योर्क युनिभर्सिटीको शुलिच स्कूल अफ बिजनेसबाट एमबीए गरेकी छोरीसँग रहन सनमुगनाथन २००४ मा क्यानाडामा बसाइँ सरिन्।
युनिभर्सिटीले जेष्ठ नागरिकलाई नि:शुल्क ट्युसन दिने कुरा थाहा पाएपछि, शान्मुगनाथनले सन २०१९ मा आफ्नो अध्ययन सुरु गरिन।कोरोना महामारीका बिच आफ्नो अध्ययनलाई जारी राख्दै अन्य ४ हजार विद्यार्थीहरुसंग नोभेम्बर २,२०२१का दिन दोस्रो पटक स्नाकोत्तर पास गरिन्।
शान्मुगनाथनले अरूलाई उच्च शिक्षा हासिल गर्न र सबै उमेरका महिलाहरूको लागि एक शक्तिशाली रोल मोडेलको रूपमा काम गर्न प्रेरित गरेको कुरा सीएनएनमा उल्लेख गरिएको छ।