कक्षा–१२ पास भइसकेपछि स्नातक तहमा व्यवस्थापन संकायअन्तर्गत अधिकांश विद्यार्थीको पहिलो रोजाइमा पर्ने विषय हो बीबीए अर्थात् ब्याचलर्स इन बिजनेश एड्मिनिस्टे«शन ।
चार वर्षे सेमेष्टर प्रणालीबाट पढाइ हुने यो विषयबाट विद्यार्थीले सैद्धान्तिक ज्ञान पाउनुका साथै कुनै पनि संस्थामा कस्तो खालको नीति नियम छ भन्ने बारे थाहा पाउन सकिन्छ । धेरै विद्यार्थीको रोजाइमा पर्ने यो विषयलाई विश्व मान्यता बोकेको विषयको रुपमा पनि हेरिन्छ ।
व्यवस्थापनमा आधारित यस विषयले विद्यार्थीलाई उद्यमी बन्न सिकाँउछ । सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले यसमा प्रभावकारी सिकाइ हुने भएकाले बजारमा सिधै काम गर्न सक्ने जनशक्ति तयार हुन्छ । त्यसकारण अन्य विषय पढेकाले भन्दा संसारको कुनै पनि ठाउँमा यस विषय अध्ययन गरेका विद्यार्थीले व्यवस्थापन तथा व्यवसायिक क्षेत्रमा अवसर र सफलता छिटो प्राप्त गर्न सक्छन् ।
बीबीए अध्ययनले विद्यार्थीमा नेतृत्वदायी क्षमताको साथै व्यवस्थापन कौशलताको विकास पनि गराँउछ । त्यसकारण योग्य जनशक्ति उत्पादन गर्ने प्रभावकारी शैक्षिक कार्यक्रमको रुपमा बीबीएलाई लिन सकिन्छ ।
बीबीए सेमेष्टर प्रणालीअन्तर्गत पढाई हुने यो चार वर्षे कार्ष हो । नेपालमा लगभग सबै विश्वविद्यालयमा सेमेष्टर प्रणाली अन्तर्गत पढाई हुने यो कोर्ष त्रिभुवन विश्वविद्यालयको हरेक सेमेष्टरमा १५ क्रेडिट आवर पढ्नुपर्ने हुन्छ भने सबै सेमेष्टर गरी १२० क्रेडिट आवर अध्ययन गर्नुपर्ने हुन्छ । त्यसैगरी पोखरा विश्वविद्यालयमा विद्यार्थीले ८ औं सेमेष्टर सम्म १२० क्रेडिट आवर पढ्नुपर्छ । काठमाडौं विश्वविद्यालयमा र पूर्वाञ्चल विश्वविद्यालयमा पनि विद्यार्थीले १२० क्रेडिट आवर पढ्नु पर्ने हुन्छ । बीबीएमा अध्ययन गर्नुपर्ने मुख्य विषयहरुमा एकाउटिङ, फाइनेन्सीयल म्यानेजमेण्ट, मार्केटिङ, क्वान्टिटेटिभ टेक्निक्स, बिज्नेश ल एण्ड इथिक्स, हिउमन रिर्सोस म्यानेजमेण्ट, ओपरेसन म्यानेजमेण्ट, इकोनोमिक्स, म्यानेजमेण्ट इन्र्फोमेसन सिस्टम जस्ता विषय रहेका छन् ।
बीबीए अध्ययन गर्ने विद्यार्थीहरुले प्लस टुमा साईन्स वा म्यानेजेमेण्ट अध्ययन गरेको हुनु पर्छ भने परीक्षामा अनिवार्य १.८ जिपिए ल्याएको हुनुपर्दछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजहरुमा भर्ना हुनका लागि विद्यार्थीले सिम्याटको प्रवेश परीक्षामा सामिल भई उत्तिर्ण गर्नुपर्ने हुन्छ । त्यसैगरी, काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अनिवार्य रुपमा पगmबत को प्रवेश परीक्षामा उत्तीर्ण हुनुपर्दछ ।
बीबीएको स्कोप
बीबीए अध्ययन गरेका विद्यार्थीहरु थुप्रै क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् । विद्यार्थीहरु भविष्यमा गएर कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्र इत्यादिमा अवसर प्राप्त गर्न सक्छन् । बीबीए पढेको विद्यार्थीले आफूले नै व्यवसाय सञ्चालन गर्न पनि सक्षम हुन्छन् भने जुनसुकै क्षेत्रमा पनि सहज तरिकाले काम गर्न सक्छन् । यो विषय अध्ययन गर्दा इन्टर्नसीप गर्नुपर्ने भएकोले पढ्दै गर्दा पनि प्रयोगात्मक शिक्षा र व्यवसायिक सीप प्राप्त गरेका हुन्छन् जसले विद्यार्थीलाई अझ दक्ष बनाउछ । यसर्थ, बीबीए अध्ययन गरिसके पछि प्रायः विद्यार्थी बेरोजगार बस्नुुु पर्दैन ।
सैद्धान्तिक र व्यावहारिक दुवै विषय पढाइ हुने भएको कारण बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्छ । त्यसैले पनि यसको आकर्षण बढ्दो छ ।