Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यार्थीलाई यौनहिंसा र लागूऔषधबारे सचेतना

हाम्रो कोशी आवाज
पुष १८ २०७८, आइतबार
विद्यार्थीलाई यौनहिंसा र लागूऔषधबारे सचेतना

बराहक्षेत्रः बराहक्षेत्रको वसन्त ऋतु मामावि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
बराहक्षेत्र–७ सुनसरीमा रहेको श्री वसन्तऋतुमा आइतबार इलाका प्रहरी कार्यालय चक्रघट्टीको आयोजना र ओरेक नेपालको सहकार्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हर्कबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका कार्यलय प्रमुख, प्रहरी निरीक्षक पाण्डव राजवंशी, विद्यालयका प्रधानाध्यापक प्रकाश पोखरेल, सूचना अधिकारी सुमन विकललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी निरीक्षक राजवंशीले यौन हिंसा र लागूपदार्थको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कक्षा –८ कि छात्रा साइमाङ राईको संयोजकत्वमा ११ सदस्यीय फ्यान क्लब गठन गरिएको छ । जसको संरक्षकमा विद्यार्थीहरुले शिक्षक सुमन विकललाई चयन गरेका छन् ।
कार्यक्रम सञ्चालन ओरेक नेपालकी कार्यक्रम अधिकृत विमला घिमिरेले गरेकी थिइन् ।

प्रकाशित मिति: पुष १८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend