धरानः कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिसिएमसीको आइतबार बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले कोरोनाको तेस्रो लहर आएसँगै कम्तीमा पनि माघ १५ गतेसम्म सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको छ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो।
सिसिएमसीका प्रवक्ता सुनिता नेपालले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन् । “अहिले देशभर विद्यालय बन्द गर्ने निर्णय गरेका छौं। कुनै स्थानीय तहले संक्रमण छैन भनेर समन्वय गरेमा विद्यालय सञ्चालन गर्न पाइनेछ,” उनले भनिन्। यस्तै बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।
माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने पनि बैठकले निर्णय गरेको छ । -शीर्षक सच्याइएको