Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यालय बन्द गर्ने/नगर्नेबारे अन्यौल

हाम्रो कोशी आवाज
पुष २६ २०७८, सोमबार
विद्यालय बन्द गर्ने/नगर्नेबारे अन्यौल

धरानः कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नका लागि गरेको सिफारिस बारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने भएको छ ।
सीसीएमसीको सिफारिस मन्त्री परिषद मार्फत मन्त्रालयमा आएपछि आवश्यक छलफल गरेर निर्णय लिने शिक्षा मन्त्रालयले बताएको छ । सीसीएमसीले सरोकारवालाहरुसँग सामान्य छलफल समेत नगरेको भन्दै विद्यालय संचालकहरुले असन्तुष्टि जनाएका छन् भने विद्यार्थी पनि अन्योलमा परेका छन् ।
सीसीएमसीको आइतबार साँझ बसेको वैठकले सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द गर्ने सिफारिस गरेको थियो । त्यस्तै सीसीएमसीले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने तथा मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
यस्तै आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङ मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनु पर्ने भएको छ ।
सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ । प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: पुष २६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend