Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ को नाम किरात प्रदेश नै किन ?

हाम्रो कोशी आवाज
माघ १० २०७८, सोमबार
प्रदेश १ को नाम किरात प्रदेश नै किन ?

हो, नेपालमा शुरुमा बिनानामको ७ वटा प्रदेशहरु रहेका थिए । सबैभन्दा पहिलो प्रदेश नम्बर४ ले ‘गण्डकी प्रदेश’ नाम पाएको थियो । त्यसपछि ३ नम्बर प्रदेशले नाम पायो ‘बागमती प्रदेश’ । त्यसपछि क्रमशः अन्य प्रदेशहरुले पनि नाम पाएका छन् । अब नाम नपाएको वा भनौं नामविहीन प्रदेश नम्बर १ मात्रै रहेको छ । तर, संयोगले प्रदेशको संख्याचाहिँ पनि घटेको वा बढेको छैन, प्रदेशहरु ७ वटा नै रहेका छन् ।
यसरी शुरुमा बिना नामको ७ वटा प्रदेशहरु रहेकोमा हालसालै २ नम्बर प्रदेशले समेत ‘मधेस प्रदेश’ नाम पाएको छ । सो प्रदेशसहित अब नाम पाउने प्रदेश ६ वटा भएको छ भने, नाम राख्न वा भनौं नाम रहन बाँकी प्रदेश भनेको ‘प्रदेश १ प्रदेश रहेको छ ।’ हुन पनि मुखले मात्रै भएपनि पहिचान पक्षधर भनिनेहरुले प्रदेश १ को नाम के राख्लान् ? नेपालका बौद्धिक वा बुद्धिजीवीमाझ मात्रै होइन आम मानिसहरुबीच पनि यस विषयमा बढी नै खुल्दुलीको विषय भएको छ ।
हुन त सकेसम्म १ नम्बर प्रदेशको नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ रहेमा राम्रो हुनेछ । त्यसो नभएमा ‘किरात’ नाम मात्रै राख्न पनि सकिनेछ । तर, पहिचान पक्षधर भनिनेहरु नै खुलेर ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ प्रदेश नाम रहनुपर्ने भन्नेमा खुलेर बोल्न वा भनौं वकालत गर्न सकिरहेका छैनन् । कम्तिमा ‘किरात’ नाम राख्नका लागि पनि १ नम्बर प्रदेशका पहिचान पक्षधर भनिने माननीयहरुले बेला छँदै लाग्नुपर्ने, बोल्नपर्ने र, लबिङ गर्नुपर्र्ने देखन्छ । तर, उनीहरुले खुलेर त्यसो गर्न सकिरहेका छैनन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस), नेकपा (माओवादी), राप्रपा आदि राजनीतिक दलका माननीयहरु चुपचापझैं छनन् । किनभने, उनीहरुले त्यसरी आफ्नो समुदाय, ऐतिहासिक थातलथो, इतिहास, सभ्यता, भूगोल, धर्म, जातजाति, भाषाभाषी, वंश, रहनसहन, परम्परा, मूल्य–मान्यता आदिको दीर्घकालन हितमा दह्रोसँग अडान लिँदा भोलिका दिनमा आपूmहरु आपूm लागेको राजनीतिक दलको ‘बफादार झोलेपोके’ हुन नपाइने पो हो कि ? साथै भविश्यमा कहिल्यै पनि माथि उठ्न नदिने पो हो कि ? भन्ने मनोवैज्ञानिक त्रासका कारण आपूmलाई पहिचानवादी भन्न रुचाउने माननीयहरु खुलेर आफ्नो समुदायको हक–अधिकार, ऐतिहासिक थातलथो, इतिहास, सभ्यता, भूगोल, धर्म, भाषा, वंश आदिप्रति दह्रोसँग अडान लिन सकिरहेका छैनन् ।
त्यसो त नेपालमा पनि विसं २०६२–०६३ को दोस्रो जनआन्दोलनले ल्याएको राप र तापपछि आएको राजनैतिक परिवर्तनपछि नेपालमा राज्य पुनः संरचनामा जाँदा ‘जातीय स्वपहिचान, भाषा, ऐतिहासिक भूमि, भूगोल आदिका आधारमा प्रदेशहरुको नाम रहनुपर्छ’ भन्दा जस (जुन वर्गले) ले ‘यस्तो जातीय सद्भाव भड्काउने कुरो पनि गर्ने ?, साम्प्रदायिक कुरो पनि गर्ने ?, अहिलेसम्म मिलेर बसेको नेपाली समाजलाई भाँड्ने ?’ भनी सम्झाउने, बुझाउने गरियो । तर, उनीहरुले नै धेरैअघि ‘आ–आप्mनो थर, उपथर र गोत्र (वंश) को आधारमा ‘संगठन’, ‘समाज’ अथवा ‘गुठी’ गठन गरी सकेको भने कसैलाई भनेन् ।
न त हाम्रा आदिवासी जनजाति मूलका भन्ने, भनिन चाहने नेताहरुले नै त्यसको हेक्का राखे । त्यस्तो भएपछि सम्बन्धित जात समूह बाहेकका धेरै कम ‘आदिवासी जनजाति’ भनिनेहरुले धेरै पछि मात्रै थाहा पाए वा बुझेका होलान्, जातले पनि बाहुन र व्यवहारले पनि…हरुको चाला । त्यसैले उनीहरु आदिवासी जनजाति मूलका मान्छेलाई नै अघि सारेर केही प्रदेशको नाम भूगोल र खोलानालाको नाममा राखिसके भने, बाँकी केही प्रदेश १ को नाम पनि भूगोल र खोलानालाकै नाममा राख्नेवाला छन् ।
राज्य पक्षका मान्छेहरु सकेसम्म १ नम्बर प्रदेशलाई ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’ वा ‘किरात’ नाम मात्रै राख्न नदिने पक्षमा छन् । त्यसका लागि उनीहरुले ‘जनता प्रदेशको नाम होइन विकास चाहन्छन्’ भन्ने खालको एक खाले भनाइ वा नारालाई अघि सार्दैछन् । उनीहरुले त्यसका लागि बढी से बढी ‘सगरमाथा–कोशी’, ‘सगरमाथा–मकालु’, ‘सप्तकोशी’ नाम दिने पक्षमा तयार होलान् । नभए त उनीहरुका लागि १ नम्बर प्रदेशको नामहरुमा ‘मेची’, ‘कोशी’, ‘अरुण’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा ‘कन्काई’, ‘हनुमान नगर’ आदि पो उपयुक्त होला ।
सम्भवतः राज्य पक्षका कुनै न कुनै माननीयले यस्तो नामहरु प्रस्ताव गर्न बेर पनि छैन, १ नम्बर प्रदेशको आगामी हिउँदे अधिवेशनमा । किनभने, उनीहरुका लागि ‘मेची’, ‘कोशी’, ‘अरुण’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा ‘कन्काई’, ‘हनुमान नगर’ आदि नाममा भएमा जातीय नाम हुने छैन । यसले सबै जातजाति र भाषाभाषीको प्रतिनिधित्व पनि गर्ने छ, उनीहरुका नजरबाट हेर्दा । किनभने, यो वा ऊ नाममा विगत लामो समयदेखि एकल ढंगले राज्य चलाउँदै आएकाहरुका लागि माथिका पछिल्लो नामहरुमा किरात वा किराती जातीय नाम छैन, त्यसका लागि (पछिल्लो नामहरु प्रस्ताव गर्नका लागि) हाम्रै भनिएका आदिवासी जनजाति मूलका प्रा.डा., प्राडा र बौद्धिक वा बुद्धिजीवी भनिनेहरु र मझौला खालका आदिवासी जनजाति मूलकै नेता पनि प्रयोग हुने सम्भावना देखिन्छ छ ।
‘किरात सभ्यता’लाई विश्वकै सबैभन्दा पूरानो सभ्यता र व्यापकरुपमा पैmलिएको सभ्यताहरुमध्ये एक मान्ने गरिन्छ । किरात, किरातीहरु ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसियामा किरातहरु रहेका थिए । कस्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए भन्ने इतिहासकारहरुको भनाइ रहेको छ ।
किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिर्चा संस्कृत साहित्यहरु जस्तै अथर्व वेद, वाल्मिकी रामायण र महाभारतहरुमा (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरु) मा पनि किरात जातिको उल्लेख रहेको पाइन्छ ।
त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न धर्मग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरुमा पनि किरात र किरातीहरुका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ । त्यसैले १ नम्बर प्रदेशका किराती मूलका मात्रै नभएर अन्य आदिवासी जनजाति मूलका साथै बाहुन, क्षेत्री, सन्यासी, दलित, मधेसी आदि (यो पंक्तिकारलाई थाहा भएसम्म १ नम्बर प्रदेशमा ठकुरी, शाह, राणा जात समूहका माननीय ज्युहरु हुनुहुन्नँ ।) का माननीय ज्युहरुले ‘किरात’ लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुईतिहाई मात्रै होइन प्रदेश नम्बर १ को सिंगो संसदले एक मतले पारित गर्नुहोस् । तपाईँहरुले यसो गर्नु भएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबै सबैले तपाईँहरुलाई हार्दिक नमन गर्ने छ । हार्दिक धन्यवाद भन्ने छ ।
किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले काठमाडौं उपत्यकामा राज्य चलाएका थिए ।
भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । यसरी कुनै बेला एसियाको ठूलो भूभागमा फैलिएको किरातीहरुपछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हँुदै र आफ्नो जिमीभूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भूक्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो बगाल वा भनौं समूह रहँदै आएको भएतापनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आपूmलाई किरात भन्नेहरुको बसोबास रहेको छ । यसरी सानो भूभागमा मात्रै आपूmलाई प्रस्ट रुपमा किराती भनी चिनाउँने जातिहरु बाँकी रहेका छन् । तर, उनीहरु पनि नेपालको भगौलिक एकीकरण भएसँगै आप्mना पितापुर्खाहरुले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले ।
सोही कारण आपूm असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरुले जानाजानी वा अरुको दवाव अथवा प्रभावमा परेर आप्mनो नाम वा समुदायलाई चिनाउँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ भनी लेखाउन, भनाउन वा लेख्न, भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’ सँगै उनीहरुको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरु देखिन्छन् ।
यसरी ‘करण’मा परेका कुलुङ लगायत खम्बुका सन्तानहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरु बढी नै ‘राईकरण’को मारमा परेको भेटिन्छm देखिन्छ । तर, सुखद् कुरो के भने, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ करणमा परेका लिम्बू, लाप्चा, सुनुवार र याक्खा आदिले भने आजभोलि आप्mनो नामको पछाडि जात वा जाति (खासमा विश्वका कुनै पनि आदिवासी जनजातिहरु ‘जात’ नभएर ‘जाति’ हुनुपर्ने हो) लेख्दा ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेख्न छाडेका छन् । जे भएतापनि आपूmलाई किरात भनी स्वीकार्ने किरातजन्य संघसंस्थाका अगुवाहरुले यो बेला अरु बेलाभन्दा बढी नै जिज्ञासा र चासो लिएर अगाडि बढ्नुपर्ने देखिन्छ ।
ninamkirat123@gmail.com

प्रकाशित मिति: माघ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ४ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend