सरकारले कोरोना बढेको भनेर माग मसान्तसम्म भेला, जुलुस, गोष्ठी, राजनीतिक कार्यक्रम सबै स्थगित गरिदिएको छ । कुनै कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने भनेर भनिएको छ । केही दिनअघि भक्तपुरको एक होटलमा एमालेको ठूलो भेला भएको थियो । एमाले अध्यक्षताको निर्देशनमा बैठक बस्यो । बैठकमा सय जनाभन्दा बढी भेला भएका थिए । कोरोनाले तहल्का मच्चाइरहेको बेला त्यस बैठकमा कमैले मात्र मास्क लगाएको देखियो । न सामाजिक दुरी, न स्यानिटाइजर निस्फिक्री बैठक बसियो । बैठक सिद्धयाएर बाहिर निस्किएका महेश बस्नेत, गोकुल बाँस्कोटा, भानु ढकाल आफैले त कोरोनाविरुद्धको मापदण्ड पालना गरेनन् ।
यता, सरकारले गरेको निर्णय हामी पालना गर्दैनौ, हामीलाई जे मनलाग्छ त्यही गर्छौ भनेर सरकारलाई चुनौती दिए । पहिला जे काम गर्थे, त्यही शब्द बोले । केपी ओलीले केही ख्याल नै नगरी बैठक राखे ।
गोकुल बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री हुँदा मेसिन ल्याउने भनिएको थियो । सरकारले मेसिन खरिद प्रक्रिया अघि बढाउँदा उनले ७० करोड कमिशन मागेको भिडियो सार्वजनिक भएको थियो । जसका कारण बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिएका थिए ।
भानु ढकाल स्वास्थ्यमन्त्री हुँदा सामान खरिद–बिक्रीमा अर्बौ रुपैयाँ भ्रष्टाचार भएको समाचार बाहिर आएको थियो । एमालेको नेता ईश्वर पोख्ररेलले पानी ट्याङ्कीमा रकम लुकाएको भनी केही वर्षअघि समाचार सार्वजनिक भएको थियो । स्थानीय चुनाव चाँडो नगरेमा आन्दोलनमा आउने एमालेको चुनौति दिँदै आएको छ । सरकारले स्थानीय चुनाव घोषणा गरेपनि एमालेलाई जित्न निकै नै धौ धौ छ । किनकि २०७४ सालमा स्थानीय चुनाव जितेका एमाले जनप्रतिनिधिहरुले केही काम नगर्नु । तर, पछिल्लो समय केपी ओलीले आफ्नो क्षेत्रबाट पनि चुनाव जित्दैन् भनेर धेरैले अड्कलबाजी समेत हुन थालेको छ ।
सरकारी गाडी चढ्ने र तलबभत्ता खानेबाहेक यिनीहरुले रत्तीभर पनि काम गरेका छैनन् जस्तो लाग्छ । २०७४ सालको चुनावमा केपी ओलीले ज्येष्ठ नागरिक र एकल महिलालाई पाँच हजार रुपैयाँ भत्ता पुरयाइदिन्छु भनेर भनेमात्रै । त्यतिबेला पनि ओलीको बोली पुगेन । म त भन्छु–अब ज्येष्ठ नागरिकले पनि ओलीलाई भोटदिने छैनन् । अहिले भत्ता लिनको लागि ७० वर्ष कट्नुपर्छ । २०७४ सालमा शेरबहादुर देउवाले पद ओलीलाई हस्तान्तरण गर्नुभन्दा अघि एउटा निर्णय गरिएको थियो । देउवाले ६५ वर्ष नाघेकालाई ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेका थिए । मृगौला, कलेजो फेल भएकालाई, मेरुदण्ड भाँचिएकालाई, मनस्थिति गुमाएकालाई मासिक पाँच हजार दिने घोषणा देउवा सरकारबाट भएको थियो । यो निर्णयले आर्थिक कमजोर भएको, रोगीहरु धेरै खुसी भएका थिए ।
तर, २०७४ फागुन ३ गते केपी ओली प्रधानमन्त्री हुनेबित्तिकै देउवाले गरेको निर्णय सबै खारेज गरियो । शेरबहादुर देउवाको निर्णयबाट एमालेकै कार्यकर्तासमेत हर्षित भएका थिए । अर्कोचोटीको चुनावमा जनताले कांग्रेसलाई भोट दिन्छन् भनेर ओली डराए । हाम्रो एमाले पार्टीले चुनाव हार्छ भन्ने डरडरैले ओलीले जनताको हितमा गरिएको निर्णय खारेज गरिदिए । यसको नतिजा एमालेले भोग्ने दिन आउँदैछ ।
उखानटुक्काले प्रधानमन्त्री चलाएका केपीले अहिले पनि उखान टुक्काकै भरमा ढाडस दिँदै आएका छन् । सरकारले गरेको निर्णय खारेज गर्दै अघि बढेका केपीले जनताको लागि कुनै राम्रो निर्णय नगर्नु नै उनले चुनाव हार्ने सङ्केत हो । मलाई लाग्छ- उनले उखानटुक्काले जित्न सक्दैनन् । अझै पनि अरुलाई भरयाङ बनाएर खुड्किलो चढ्छु भनेर ओलीले नसोच्दा पनि हुन्छ ।
म जस्ता धेरै युवापुस्ताले भाषणकला चाहिँ मन पराएकै छन् । भनौं, उनी नेपाली राजनीतिज्ञमध्ये फरक शैलीमा भाषण गर्ने कला भएका नेता हुन् । उनी भाषणमा उखान टुक्काको प्रयोग गर्छन् । जुन एकदमै ठट्यौली किसिमको हुन्छ । उनी सीमित जनता र मजस्ता युवापुस्तामाझै लोकप्रिय हुनुको एउटा कारण नै उनको ठट्यौली भाषण हो । धेरै मानिस उनको भाषण सुन्न मन पराउँछन् । उनका कार्यकर्ता नभएपनि उनलाई सुन्छन् । म त भन्छु उनको भाषण सुनेर रमाउँछन् तर भोट दिँदैनन् ।
आफू प्रधानमन्त्री हुँदा दुईचोटी संसद विघटन गर्नु नै केपी ओलीको लागि नराम्रो पाटो हो । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका थिए । यति कुरा बुझ्ने म एउटा युवापुस्ता भएँ, मभन्दा धेरै जान्ने बुझ्ने अझै धेरै छन् ।
अझै पनि हाम्रो पार्टी सत्तामा आयो भने हामी जित्छौं भन्नु केपीको भ्रम हो । आफू प्रधानमन्त्री हुँदा के के काम गरेको छु भनेर हेक्का नराख्नेलाई कसले भोट दिन्छ ? सत्ता र सत्तारुढ पार्टीबाट कुनै कुराको विकास भएको छ भने आफ्नो पक्षको अस्वाभाविक वा भ्रामक ढाकछोप, बढाइचढाइ, मिथ्याङ्कलाई तथ्याङ्कको रूप दिने मनोवृत्ति, निर्लज्ज स्वार्थ, अर्को पक्षलाई तल्लोस्तरका असभ्य देख्ने प्रवृत्ति पनि उनमा छ । दुःखका साथ भन्नुपर्छ उनले यस मामलामा सबैलाई उछिनेका छन् । (हालः भक्तपुर, अनुषा पत्रकारिता विषयमा अध्ययरत् छिन् ।)