Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रोनाल्डोका ११ वर्षीय छोराले पनि फुटबल खेल्ने, जर्सी नम्बर ७ नै रोजे

हाम्रो कोशी आवाज
माघ २८ २०७८, शुक्रबार
रोनाल्डोका ११ वर्षीय छोराले पनि फुटबल खेल्ने, जर्सी नम्बर ७ नै रोजे

धरानः इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोका छोरा पनि क्लबकै एकेडेमीमा अनुबन्धित भएका छन् ।
रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले हालैमात्र युनाइटेडसँग सम्झौता गरेका छन् ।
११ वर्षीय रोनाल्डो जुनियरले युनाइटेडको यु–१२ टोलीबाट खेल्ने पक्का गरेका छन् ।
उनले बाबुको पदचाप पछ्याउँदै युनाइटेडको युथ टोलीमा ७ नम्बरकै जर्सी लगाउने भएका छन् ।
पोर्चुगिज कप्तान रोनाल्डोले युनाइटेडमा ७ नं. कै जर्सी लगाउँदै आएका छन् ।
रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्टसबाट युनाइटेड आएका थिए । उनलाई ७ नं.को जर्सी उपलब्ध गराउन इंग्लिस फुटबल संघले विधान नै परिवर्तन गरेको थियो ।
किनकि, रोनाल्डो आउनुभन्दा अघि नै यो सिजन एडिन्सन काभानीले ७ नं. जर्सी लगाउँदै आएका थिए । यसर्थ, रोनाल्डोलाई सो नं. दिन नियम नै परिवर्तन गर्नुपरेको थियो ।

प्रकाशित मिति: माघ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानमा ‘खसी कप’

    धरानः ४० प्लस भेट्रान धरानको आयोजनामा धरान–१४ स्थित पिण्डेश्वर खेल मैदानमा जारी ‘खसी कप भेट्रान फुटबल प्रतियोगिता–२०८३’ आयोजना भएको छ । शनिबार आयोजित फाइनल खेल...

    • १ दिन अगाडी
    • ४ मिनेट पाठ
  • मुख्यमन्त्रीले गरे उद्घाटन, दौडियो कोशी, संविधान दिवस मनाइने, तयारी पूरा

    विराटनगर: कोशी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने भएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री...

    • ३ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानको विष्णु र नवोदय कलेजकी छात्रा बने प्रथम

    धरानः धरानको विष्णु मेमोरियल माध्यमिक विद्यालय र नवोदय कलेजकी छात्राले प्रथम स्थान हासिल गरेका छन् । यस वर्षको अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा विष्णु स्कुलकी कक्षा–१२...

    • २ हप्ता अगाडी
    • १ मिनेट पाठ
  • धरानमा मेजर लिम्बूको स्मृतिमा डिपो बास्केटबल शुरु

    धरानः डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । डिपो माध्यमिक विद्यालयको...

    • २ महिना अगाडी
    • २ मिनेट पाठ
  • कोशी प्रदेशमा खेल प्रशिक्षकः कतै धेरै कतै शुन्य

    धरानः कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ। प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको संख्या र अवस्था हेरेर आवश्यकताको आधारमा...

    • २ महिना अगाडी
    • २ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • २ महिना अगाडी
    • ८ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend