Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घको अध्यक्षमा डा.तिमिल्सिना

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७८, बिहिबार
धरानको पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घको अध्यक्षमा डा.तिमिल्सिना

धरानः प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, पिण्डेश्वर विद्यापीठ एकाइ समितिको साधारणसभाद्वारा डा.महानन्द तिमिल्सिनाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ ।
पाँच सदस्यीय समितिको सचिवमा उपप्रा.सोमनाथ रेग्मी, कोषाध्यक्षमा सहा.प्रा.अम्बरराज ढकाल र सदस्यहरूमा सहप्रा.कृष्णप्रसाद कोइराला र उपप्रा.जङ्गबहादुर भट्टराई रहेका छन् । अधिवेशनमा प्रा.डा.भरतप्रसाद भट्टराई, प्रा.डा. चन्द्रमणि नेपाल र उपप्रा.कृष्णप्रसाद शर्माले निर्वाचन समितिमा रही सहजीकरण गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डा. भवानीशङ्कर भट्टराईले नवनिर्वाचित अध्यक्षलगायत सम्पूर्ण निर्वाचित टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै यो टिम रचनात्मक, विद्यापीठको उन्नयनमा आधारित, पेसागत हकहितमा समर्पित र विश्वविद्यालयको सर्वतोमुखी विकासमा केन्द्रित हुन सकोस् भनी शुभकामना व्यक्त गरेका थिए ।
नेपालका विभिन्न विश्वविद्यालयमा कार्यरत प्रजातान्त्रिक शैक्षिक आदर्शप्रति समर्पित प्राध्यापकहरूलाई एकताको सूत्रमा आबद्ध गरी पेसागत हकहितका लागि अझ बढी सचेत रहन एवम् राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श तथा न्यायपूर्ण समाज निर्माणको उद्देश्यले वि.सं.२०६३ को विधानबमोजिम प्रजातन्त्रवादी प्राध्यापक सङ्घको स्थापना भएको हो र यसै सङ्घको मातहतमा रही प्रजातन्त्रवादी प्राध्यापक सङ्घ पिण्डेश्वर विद्यापीठ एकाइ पनि क्रियाशील रहेको कुरा नवनिर्वाचित अध्यक्ष डा.तिमिल्सिनाले बताए ।

प्रकाशित मिति: फाल्गुन २६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend