विराटनगरः मोरङको रतुवामाई नगरपालिका–९ भौडा चोकबाट लागूऔषध ट्याब्लेटसहित एकजनालाई प्रहरी पक्राउ गरेको छ ।
मे११ प ९९२४ नम्बरको मोटरसाइकलमा आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेका दमक नगरपालिका–९ का २० वर्षीय विवेक घिमिरेलाई प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबाट लागूऔषध नाइट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको थियो । लागूऔषधसहित पक्राउ परेका घिमिरेको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।