Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्थानीय निर्वाचनमा कस्तालाई जिताउने ?

हाम्रो कोशी आवाज
बैशाख १० २०७९, शनिबार
स्थानीय निर्वाचनमा कस्तालाई जिताउने ?

समय परिवर्तित छ तर मानिसको मानसिकतामा बसेका विचार भने त्यति सजिलै परिवर्तन नहुँदो रहेछ । अहिले सामाजिक सञ्जालमार्फत् मानिसहरुको मनस्थितिका बारेमा आँकलन गर्न सजिलो भएको छ । किनभने आफ्नो व्यक्तिगत समस्या अनि खुसीलाई सामाजिक सञ्जालमा पोस्ट्याउने लहर नै चलेको छ । त्यसैगरी राजनीतिक अवस्थाका बारेमा पनि उत्तिकै चर्चा परिचर्चा भएको पाइन्छ । अब लगत्तै हुन गइरहेको स्थानीय चुनावका लागि पनि मानिसहरु आफ्नो धारणा अनि सपोर्ट पनि सामाजिक सञ्जालमार्फत् प्रस्तुत गरिरहेको पाइन्छ । कुनै कार्य गर्दा अहिलेको अवस्थालाई नै बढी प्राथमिकतामा राखिँदो रहेछ । पहिले के भएको थियोे र हामी यो परिस्थितिमा कसरी आइपुग्यौं भन्नेमा खासै विवेकशीलता प्रयोग गरिएको पाइँदैन ।
विकासका कार्यक्रमहरु कसरी तय गरियो ती कार्यक्रमहरु कसरी समापन भए अनि हामी ती कार्यक्रमबाट कुनरूपमा लाभान्वित भएका छौं ? त्यसबखतमा कस्ता खालका कमजोरी विभेद भए ? यता तिर कसैले पनि गम्भीरतापूर्वक सोचेको पाइँदैन । हाम्रो समाजमा बसी सामाजिक कार्यमा अग्रसर या समाजका टाठाबाठा मानिएका अथवा समाज परिवर्तनको आशा गरिएका व्यक्ति पनि आफैमा खासै जिम्मेवार भएको पाइँदैन । हाम्रो देशको अभाव भनेको सबै जात, सबै धर्म अनि सबै पार्टी प्रति आस्था भएका जनतासँग हातेमालो गर्दै अगाडि बढ्न सक्ने नेतृत्वको हो जुन एकदमै कम मात्रामा छन् । स्थानीय चुनाव हुँदै गर्दा हामी अबको हाम्रो अर्को पाँच वर्ष कतातिर धकेल्ने भन्ने कुरा हामीमा नै निर्भर छ । हामीले चुनावमा भोट हाल्दै गर्दा अहिले एकछिनको रमाइलो होइन भोलिको हाम्रो अवस्थाका बारेमा राम्रोसँग विचार गरी सक्षम व्यक्तिलाई अगाडी बढाउन अति आवश्यक छ ।
हाम्रो राष्ट्र विकासोन्मुख राष्ट्र हो । अहिले विशेषगरी पूर्वाधार विकासमा नै केन्द्रित छ । हामी हाम्रो समाजमा कस्ता खालका भौतिक संरचना निर्माण भइरहेका छन् भन्नेतिर पनि खासै चासो देखाउँदैनौं । सरकारी काम त हो जस्तो भए होस भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति पनि सुन्न पाइन्छ । जुन कि हामी हाम्रै खुट्टामा बञ्चरो हानिरहेका छौ भन्ने पत्तो पनि छैन । कुनै निर्माण कार्य कस्तो भयो भनेर बोल्नुभन्दा पहिले कुन पार्टीका मान्छेले बनाएको भन्ने तिर लाग्दछौं । राम्रो जसले गरे पनि राम्रो, नराम्रो जसले गरे पनि नराम्रो नभई हाम्राले गरे सबै राम्रो अरुले गरे सबै नराम्रो । यस्तो नकारात्मक विचार लिएर बसिरहेका आफ्नो पुर्खादेखि चल्दै आएको पार्टी जस्तै मेरो काङ्ग्रेस, मेरो एमाले, मेरो माओवादी ..! यस्ता नकारात्मक प्रवृत्तिले गर्दा असल व्यक्तिहरुले नेतृत्व नपाउने अनि गवार नै भए पनि पार्टीको खोल ओढी जनप्रतिनिधि भएको उदाहरणहरु हाम्रो समाज छरपस्ट छन् । यस्तो समस्या हुँदाहुँदै पनि चुनावका बेला यी सबै कुराहरुलाई ध्यानमा राखिएको छैन ।
भौतिक पूर्वाधार निर्माण गर्दै गर्दा आजको आवश्यकता अथवा आजको बजेटमा मात्रै केन्द्रीत हुने अनि भोलि थप आवश्यकता महसुस त हुन्छ नै त्यसपछि पुनर्निर्माण गर्ने प्रवृत्ति एकदम चुलिँदो छ । यो अवस्था सृजना हुनुमा ज्ञानको कमी भएका जनप्रतिनिधि नै हुन् । सबै काम उनीहरुले भने बमोजिम नै हुनुपर्ने देखिन्छ । पार्टीगत कमजोरी अनि क्रियाकलापका बारेमा सामाजिक सञ्जालतिर समाजका बौद्धिक स्तर माथि भएका अनि सरकारी सेवा नै गरिरहेका व्यक्तिहरुले दिएको प्रतिक्रिया देख्दा घृणा पैदा हुन्छ । मानिसले नजानेर अथवा नबुझेर गल्ती गर्नु त स्वभाविक नै हो तर जानी जानी गल्ती गर्नु मुर्खता अथवा लाचारीपन नै हो । हाम्रो भविष्य कतातिर लैजाने भन्ने हाम्रै हातमा छ । गत चुनावमा भन्दा अब आउने चुनावमा जनप्रतिनिधिका आकांक्षी अवश्य पनि बढी हुन्छन् । त्यसमध्ये केही सक्षम तुलनात्मकरूपमा पक्कै हुन्छन् । यसबारेमा संयमित हुन अति जरुरी छ ।
जुन पार्टीको सरकार भए पनि स्थानीयस्तरका विकासको चावी भने भने स्थानीय सरकारको हातमा नै छ । त्यसकारण हाम्रो समाजमा पार्टीको कुरालाई लिएर भइरहेका आपसी मतभेद अनि आन्तरिक द्वन्द्वलाई छाडी विकासका निम्ति हातेमालो गरि अगाडि बढ्नु अत्यावश्यक छ । हाम्रो समाज हामीले नै परिवर्तन गर्नुपर्छ । कुनै पार्टीले आएर परिवर्तन गरिदिने होइन । त्यसैले सबै जुटै असल जनप्रतिनिधिको छनोट गरौं समाज परिवर्तनको दिशातर्फ अगाडि बढौँ । कुनै कुनै स्थानीय निकायमा दक्ष जन प्रतिनिधिहरुको अभावले गर्दा राम्रो नराम्रो जस्तो भए पनि भोट दिनुपर्ने अवस्था सृजना हुन सक्छ । त्यसबाट जोगिनका निम्ति समाजमा अन्यत्र गइ पेशा–व्यवसाय गरिरहेका समाजका आवश्यकतालाई बुझ्न सक्ने व्यक्तिलाई जनप्रतिनिधि बन्न प्रोत्साहन गर्न जरुरी हुन्छ ।
समाजलाई सही दिशातर्फ लान प्रयत्न गरौं । जनप्रतिनिधि असक्षम भएका स्थानीय तहमा विकास राम्रो नहुने कुरा निश्चित छ र केन्द्र सरकारले विस्तारै अरु अधिकारहरु पनि स्थानीय सरकारलाई दिने समाचारहरु पढिरहेका छौं । एउटै किसिमको भूगोल भएका स्थानीय तह कुनै नमूना स्थानीय तहका रुपमा पुरस्कृत अनि अर्को स्थानीय तहका जनप्रतिनिधि आफ्नै कार्यकर्ताबाट कुटिएका जस्ता उदाहरण हरु हामी माझ छन् नै । त्यसैले कुन पार्टीभन्दा पनि कुन व्यक्तिले हाम्रो लागि काम गर्दछ र कुन व्यक्तिले समाज परिवर्तनका निम्ति आफू ओझेलमै परेर पनि जनताको हितमा काम गर्ने अठोट राख्दछ । त्यस्ता खालका जनप्रतिनिधिको छनोट गर्नु आजको आवश्यकता हो ।
यस्तै, संविधानले व्यवस्था गरेको स्थानीय सरकारको हालको अधिकार क्षेत्रलाई प्रयोग गरेर जनताको स्वास्थ्य, शिक्षा तथा सरसफाइ, खानेपानी, सडक, सिँचाई, वातावरण संरक्षण तथा पूर्वाधारका धेरै काम गर्न सकिने व्यवस्था छ, इमानका साथ मितव्ययी भएर काम गर्ने हो भने अहिले आउने स्थानीय तहको बजेटले धेरै गर्न सकिन्छ तर ढङ्ग चाहि पुरयाउनै पर्दछ । तसर्थ योे निर्वाचनमा स्थानीय स्रोत–साधनको कसरी उपयोग गरी आर्थिक विकासको लक्ष्य पूरा गर्न सकिन्छ भन्ने अक्कल भएको र माथिल्ला सरकारसँग पनि समन्वय गर्न सक्ने सक्षम र इमान्दर उम्मेदवारलाई मत दिएर निर्वाचनको सदुपयोग गरौं सायद रुपान्तरण देख्न पाइन्छ ।

प्रकाशित मिति: बैशाख १० २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ८ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend