धरानः धरान-८ विश्वकर्मा मन्दिरदेखि केही तल बस दुर्घटना भएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरी धरानका श्यामकुमार बस्नेतले जानकारी दिए ।
बसमा सवार ११ जना र मोटरसाइकलमा सवार एकजना घाइते बनेका छन् । घाइतेमध्ये बसमा सवार एकजना महिला गम्भीर घाइते समेत बनेको प्रहरीले जनाएको छ । मोरङको सुन्दरहरैंचा निवासी ५५ वर्षीया ललीमाया विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
इटहरीतर्फ जाँदै गरेको ना५ख ८११९ नम्बरको बसले धरानतर्फ आउँदै गरेको को२६प ३२१३ मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना हुन पुगेको उनले जानकारी दिए । खाल्डाखुल्डीका कारण दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । तस्वीरः बासुदेव बराल
