Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जनताले ‘पावर’ देखाउने समय

हाम्रो कोशी आवाज
बैशाख २९ २०७९, बिहिबार
जनताले ‘पावर’ देखाउने समय

स्थानीय चुनावमा छाप लगाउने दिन आइसक्यो । अहिले मुलुक नै चुनावमय भएको छ । भोट हाल्नका लागि आफ्नो जन्मथलो फर्किने बढ्दै गएका छन् । राजनीतिक दलहरुले पनि मत हाल्नकै निम्ति भनेर आफ्नो खर्चमा गाडीका गाडी मान्छेहरु फर्काइरहेका छन् ।
मताधिकार गर्न पाउनु हरेक जनताको हक हो । तर, पैसाको लोभमा हकअधिकार नै दुरुपयोग भएको छ । एकछिन लोभले पाँच वर्षको निम्ति सबैले दुःख पाउँछन् । आज मत दिन्छन्, भोलि काम गरेन भनेर सराप्छन् । आफूलाई ठीक लाग्ने, काम गर्न सक्छ भन्ने खालको प्रतिनिधिलाई मत दिनुपर्छ । ताकि भोलि स्थानीय तह र देशको विकास होस् भ्रष्टाचार होइन ।
कोही पैसाको लोभमा भोट दिन तयार भएका छन् । हाम्रो भोटबाट चुनिएका त्यस्ता प्रतिनिधिले देशको हालत कस्तो होला ? कति भ्रष्टाचार गर्ला ? सोचेका छैनौं । पछिल्लो समय साक्षरता दर बढ्दो छ । केही नभएपनि अक्षर चिन्न र सही के हो र गलत के हो छुट्याउन सक्ने भएका छन् । सञ्चारमाध्यमका कारण उनीहरुमा धेरै चेतना आइसकेको छ । उनीहरु कमाउन सक्ने पनि भएका छन् । तर, नेपाली जनताको व्यवहारमा किन परिवर्तन आएन ? योभन्दा अघिको चुनावमा पनि मासुभात, दारु र गाडीभाडाका कारण देश नै सखापै बन्यो । तर, अझैपनि नेपालीको सोचाइमा परिवर्तन नआउनु लज्जास्पद कुरा हो । देश बिगार्ने नेता कि जनता ? आफ्नै कर्तुतका कारण देश बिग्रिएको हो भनेर कुनै नेपालीले आफूमाथि प्रश्न उठाएका छन् ? अरुलाई दोष दिएर आफूलाई चोखो बनाउन खोज्छन्, नेपाली । चुनाव ढोकैमा आइसकेका छ ।
२०७४ सालमा जनप्रतिनिधि भएर आएकाहरुले के के गरे, आफ्नो लागि कत्तिको फलदायी रह्यो यो मूल्याङ्कन गर्न जरुरी छ । बल्लतल्ल तिनीहरुलाई हटाउने मौका हामीले पाएका छौं । फेरिपनि त्यस्तो पछुताउने दिन नआओस् । जनप्रतिनिधिहरु सक्षम नहुँदा जनताको ढाड सेकिएको छ । महङ्गीले सीमा नाघेको छ भने बेरोजगारी दिनप्रतिदिन बढ्दै गएको छ । खोलानाला, गुठी र सरकारी जग्गा सबै व्यक्तिको नाममा गइसकेको छ ।
ठेक्कापट्टाको नाममा करोडौंको चलखेल जनप्रतिनिधिहरुले गरे । आफूलाई भोट दिएर जनप्रतिनिधिहरुले समेत जनतालाई गनेनन् । घरमै भएपनि नभएको बहाना बनाएर दुःख दिएको हामीले नबिसाऔं । वडाध्यक्ष र मेयरले छिनमा हुने कामका निम्ति महिना दिन अल्मल्याएको कुरा सबैलाई स्मरण नै होला । राज्यबाट सित्तैमा हुने कामका लागि पनि पैसा मागेको बिर्सन मिल्दैन । वडा, नगरपालिकामा काम लिएर पुग्दा भेट्न नदिने र फोन गर्दा पनि नउठाउने । काम गर्न छोडेर ठेक्कापट्टा र कमिशन खोज्दै हिँड्ने । वडाध्यक्ष र मेयरले धेरै भ्रष्टाचार गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका घटनाहरु थुप्रै छन् । आफ्नो आफन्तलाई रोजगारी दिने र आफ्नैलाई ठेक्कापट्टा मिलाउने काम यिनीहरुद्वारा नभएको होइन ।
यसअघिको चुनावमा जनप्रतिनिधिहरुले हामीलाई तलबभत्ता र सेवासुविधा केही चाहिँदैन भनेर भोट लिए । तर, उनीहरुले तलब पनि लिए, सरकारी गाडी पनि चढे । पार्टीले फेरिपनि उही कोमचोर जनप्रतिनिधिहरुलाई टिकट दिएको छ । चुनाव जितेपछि पाँच वर्षको अवधिमा एकचोटी पनि जनताको ढोकामा नपुगेका जनप्रतिनिधिहरु अहिले पुनः जनताको ढोका ढकढक्याउन पुगेका छन् ।
नेताहरु घरदैलो कार्यक्रम भन्दै झूठा आश्वासन बाँड्न व्यस्त थिए । सबै राजनीतिक पार्टीले चुनाव लड्नका लागि पैसा लिएका छन् । चुनावभन्दा पछि देशको स्थिति कतातिर मोडिन्छ ? चर्चा शुरु भएको छ । चुनावपछि खाद्यान्नको मूल्य ह्वात्तै बढ्छ । इन्धनको भाउ बढाउन आयल निगम तयारी अवस्थामा बसेको छ । मुलुक आर्थिक संकटको दलदलमा फँस्दै जान्छ । चुनाव खर्च भनेर राजनीतिक दलहरुले बैंकबाट निकै रकम निकालेका छन् ।
हरेक क्षेत्रमा मन्दी देखिन थालिसकेको छ । यो मन्दी निरन्तर रुपमा जाने हो भने श्रीलंकाभन्दा पनि ठूलो दुर्घटना नेपालमा हुन सक्छ । अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनको निम्ति सक्षम नेताको आवश्यकता परेको छ । देश अर्थतन्त्र नै डामाडोल भएको बेलामा चुनाव गर्न लागिएको छ । अर्थतन्त्रलाई सुधार्ने हात जनताको हो । महङ्गी नियन्त्रण गर्न र अर्थतन्त्रलाई पहिल्यैकंै गतिमा ल्याउन जनताले सही नेताको खोजी गर्नुपर्छ ।
बैंकबाट निकालेको २८ अर्ब रुपैयाँ मासुभात र दारुमै सकिएको छ । २८ अर्ब खर्च गरेबापत कति उठाउन खोज्ने हो ? यो अकल्पनीय कुरा हो । त्यत्रो पैसा सदुपयोग गर्नुको साटो फोगट्टे खर्च गरियो । अबको दुई दिनपछि जनताको भविष्य देखिन्छ । कि त यो अन्तिम स्थानीय चुनाव पनि हुन सक्छ । नेताहरुले जनताभन्दा ठूलो कोही हुँदैनन् भनेर बिर्सिएका छन् । उनीहरुको यस्तो चालढालको नतिजा पनि छिट्टै नै देखिने छ ।
नबिकौं
सरकारले पटकपटक आफ्नो अधिकारको प्रयोग सही ठाउँमा गर्न आग्रह गर्दै आएको छ । लहैलहैमा लागेर र चिप्लो कुराको पछि परेर देशको स्थिति थप जटिल नबनाऔ । हिजोको दिन मिठा कुराको पछि लाग्दा पाँच वर्षमा देश विकास होइन् विनाश भयो ।
एउटा गाडीको टिकट, मासुभात र दारुका लागि आफ्नो अमूल्य भोट असक्षम व्यक्तिलाई दिने हामी जनता नै हो । राम्रालाई होइन, खर्च गर्न सक्नेलाई चुन्ने हाम्रो प्रवृत्तिका कारण यस्तो भयो । प्रतिनिधिहरुले आज खर्च गर्छन्, भोलि साँवाब्याज नै उठाउन खोज्छ । आफ्नो खर्च उठाउन उसले ठेक्कापट्टा गर्दा कमिशन खान्छ, कुर्सीमा बसुन्जेल सक्दो भ्रष्टाचार गर्छ । प्रतिनिधिहरुलाई भ्रष्टाचार गर्ने बाध्यता बनाउने जनताहरु नै हुन् । जसरी हुन्छ लगानी उठाउनुपरयो । सित्तैमा घर जान र मासुभात खान पाउने भएपछि नेपालीहरु मख्ख हुनु दुःखद् हो । यसले न स्थानीय तहको विकास सम्भव छ, न देशको विकास हुन्छ । त्यसैले सहीलाई चुनौं । सहीलाई चुन्नु आजको आवश्यकता हो । मासुभात, रक्सी खुवाएकै भरमा आफ्नो विवेक नगुमाऔं ।
(अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन्)

प्रकाशित मिति: बैशाख २९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend