Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७९, आइतबार
शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन

धरानः सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा शिक्षा तर्फ विनियोजन रु. ७० अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ । आगामी वर्ष प्रदेशलाई शिक्षातर्फ रु ५ अर्ब ३२ करोड र स्थानीय तहका रु १ खर्ब २१ अर्ब १ करोड बजेट छुट्याइएको छ । लागि बजेट गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गरेको बजेटमा उनले सो कुरा घोषणा गरेका हुन् । विद्यालय शिक्षासंग सिप भन्ने अभियानका साथ माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई सिपमुलक पाठ्यक्रम विकास गर्ने सरकारले घोषणा गरेको छ ।
उनले सो बजेट भाषणमा शैक्षिक सत्र सुरु हुनु पूर्व सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेका छन् ।
त्यसैगरी आज सार्वजनिक गरिएको बजेट भाषणमा शिक्षामा पहुँच विस्तार, पूर्वाधार निर्माण र गुणस्तर सुधार गरी उत्पादनसील, तथ्यमा आधारित शिक्षा, प्रदेश र स्थानीय तहको सझेदारीमा रोजगारीमुलक जीवनोपयोगी शिक्षा सञ्चालन गर्न विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले विद्यार्थीलाई कक्षाकोठैबाट आयआर्जनसंग जोड्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।
पढ्दै कमाउँदै कार्यक्रम थय सय विद्यालयमा विस्तार
शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न उघेश्यका साथ पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गरिनेछ। थप १०० विद्यालयमा सो कार्यक्रम विस्तार गर्ने भएको छ । हाल सो कार्यक्रम १४० विद्यालयमा लागु गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् आगामी वर्ष १ हजार २०० विद्यालयको प्राविधिक पूर्वाधार सहितको पूर्वाधार विकास गर्ने घोषणा गरेको छ ।
सरकारले यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८ अर्ब ८८ करोड रुपियाँ विनियोजन गरेको छ । गत शैक्षिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने घोषणा गरेको छ।
शिक्षक व्यवस्थापन
शिक्षकको दरबन्दी पुनरावलोक गर्ने भएको छ । माध्यमिक तहको अंग्रेजी, विज्ञान र गणित विषयको विज्ञ शिक्षकबाट भर्चुअल माध्यमबाट शिक्षण गर्न प्रत्येक प्रदेशमा २० ओटा विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने घोषणा गरेको छ ।
सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकको क्षमता अभवृद्धि गर्न तालिमको व्यवस्था, शैक्षिक नतिजाका आधारमा प्रधानाध्यापकबाट पेस भएको प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भएमा सो बमोजिम योजना कार्यान्वयन गर्न ५ लाख रुपियाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने घोषणा बजेट भाषणमा गरिएको छ । कार्यसम्पादन सूचकका आधार विद्यालयलाई श्रेणी करण गर्ने घोषणा गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को पुनः संरचना गर्ने भएको छ । प्राविधिक शिक्षा क्रमशः प्रदेशमा हस्तान्तरण गर्ने घोषणा गरिएको छ । प्राविधिक शिक्षालयको नक्साङ्कन गरी सबै स्थानीय तहमा विस्तार गरिनेछ।
दिवा खाजा कक्षा ६ सम्म
दिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा कक्षा ६ सम्म विस्तार गर्ने बजेट भाषणमा घोषणा गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म विस्तार गर्ने घोषणा गरिएको भए पनि बजेट आउँदा कक्षा ६ सम्म मात्र गर्ने गरी घोषणा गरिएको हो ।
सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट स्वीकृत गरेसंगै आज सार्वजनिक गरेको बजेट अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गरेका हुन् ।

स्कुल बसको भन्सारमा ७५ प्रतिशत छुट
सरकारले स्कुल बसको भन्सारमा ७५ प्रतिशत छुट दिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार सार्वजनिक गरेको बजेटमार्फत उक्त छुटको घोषणा गरिएको हो ।

प्रकाशित मिति: जेष्ठ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend