Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पेट्रोल पम्पमै छ ठगीधन्दा

हाम्रो कोशी आवाज
असार ८ २०७९, बुधबार
पेट्रोल पम्पमै छ ठगीधन्दा

नेपालमा जतिपनि सवारी साधन छन् तीमध्ये अधिकांश पेट्रोलडिजेलबाट चल्छन् । विद्युत् र ग्याँसबाट चल्नेको संख्या निकै न्यून छ । मुलुकभर झण्डै ४२ लाख इन्धनबाट चल्ने सवारी साधन दर्ता छन् । यी सवारी साधन चल्न इन्धन त चाहिल्छ । इन्धन हाल्नको लगि मुलुकभर पेट्रोल पम्पहरु सञ्चालनमा छ । प्रत्येक केही मिटरमा पेट्रोल पम्पहरु भेटिन्छन् । तर, यी पेट्रोल पम्प सञ्चालकले विभिन्न विधि अपनाइ ठगिरहेका छन् । दुई लिटर इन्धन भरेको भनिएको हुन्छ, पैसा पनि सरकारले तोकेजति तिर्नुपरेको छ । तर, पम्प सञ्चालकहरुले दुई लिटर भनेर जम्मा डेढ लिटर इन्धन भरेको समाचार सार्वजनिक नभएको होइन । मेसिन बिगारेर समेत उनीहरुले गाडी धनीलाई ठगिरहेका छन् ।
हावा भरेको पनि पम्प सञ्चालकहरुले पैसा असुलिरहेका छन् । यता, इन्धन भर्ने गाडी धनीले मेसिनमा हेर्छन्, त्यहाँ आएको अङ्कजति पैसा तिर्छन् तर उनीलाई आफू ठगिएकोबारे थाहा हुँदैन । कतिलाई शङ्का लागेपनि उनीहरुले केही गर्न सक्दैनन् । सवारी साधनको ट्याङ्कीमा हालेको तेल निकालेर नाप्छु भनेर असम्भवझैं छ । एक लिटर पेट्रोलले २० किमी गुड्नुपर्ने ठाउँमा १३ किमि इन्धन सिद्धियो भने सवारी साधनले के सोच्लान् । एकातिर उसले पेट्रोल पम्पले मलाई थोरै इन्धन दिएछ भन्ने आशंका गर्छ । अर्कोतिर इञ्जिन बिग्रिएर गाडीले धेरै इन्धन खाएको होला भन्ने उसको मनमा पर्छ ।
कतिपयले इन्जिन चेक गर्नसमेत लाग्छन् । वर्कसपले इन्जिन ठीक छ, बिग्रिएको छैन भनिसकेपछि उसको पेट्रोल पम्पतिर ध्यान मोडिन्छ । आफूलाई के कारण हो थाहा हुँदाहुँदै पनि उसले केही गर्न सक्दैन । किनकि ऊसँग प्रमाण केही पनि हुँदैन । सवारी साधनको ट्याङकमा भरेको तेल चुहिँदा पनि चुहिँदैन । त्यहाँभित्र हावा छिर्न पनि सक्दैन । अनि इन्धन गयो कहाँ ? यो त सिधैं पेट्रोल पम्पको ठगी होइन् र ? पम्पका कर्मचारीहरुले इन्धन भर्ने बेलामा नरोकी इन्धन हाले भने पूरा तेल जान्छ । तर, उनीहरुले त्यस्तो गर्दैनन् । बीचमा उनीहरुले पाइपलाई रोकी रहन्छन् र इन्धनको सट्टा हावा र ग्याँस जान्छ ।
पम्पका कर्मचारीलाई कसरी इन्धन कम दिने यसको राम्ररी ज्ञान छ । पछिल्लो समय निजी प्लेटका सवारीधनीहरु इन्धन हाल्न जान्छन् तर गाडीबाट ओर्लिदैनन् । उसले विश्वास गरेर यति लिटर इन्धन हालिदिनुस भन्छ । यता, यसको फाइदा उठाउँदै पम्पका कर्मचारीले दुईतीन लिटर इन्धन नै हिनामिना गर्छन् । तर, गाडीसाहुले त पुरै पैसा तिर्नुपरेको छ । पेट्रोल पम्पको मेसिन बिग्रिएको छ कि मिटर बिगारेर हामीलाई ठगेका छन् कि यसबारे जनतालाई ज्ञान छैन । त्यस्तै, गुणस्तर तथा नापतौल विभागले लगाएको सिल तोडेको छ कि बिगारिएको छ जनतालाई यो पनि थाहा छैन ।
केही समयअघि जनता नठगियोस् र पम्पले ठग्न नपाओस् भनेर नापतौल विभागले सिल त मारयो । तर, फितलो अनुगमनमा कारण जनता त ठगिरहेका छन् । नापतौल विभागले अनुगमन नगर्नुपछिको कारण आर्थिक प्रलोभन पनि हो । पम्पहरुले जति ठगेपनि विभाग चाल नपाएझै बसेको छ । कोही कोहीले सिल र मिटर नबिगारिकन पेट्रोल बेचिरहेका होलान् । कतिपयले सिल र मिटर बिगारेर जनता ठगिरहेका होलान् । अनुगमन गर्नेबित्तिकै यो त छर्लङ्ग हुन्छ । काठमाडौंभित्र सञ्चालन भएकालाई त विभागले अनुगमन गरेको छैन भने बाहिरको कल्पना नै नगरे हुन्छ ।
मुलुकभर सात सय बढी पेट्रोल पम्प सञ्चालनमा रहेको तथ्याङ्क छ । तीमध्ये कतिले नियम मानेका छन् यसको तथ्याङ्क भने सरकारसँग छैन । त्यसैगरी, कतिवटा पेट्रोल पम्पले नियम मिचेका छन् यसको लेखाजोखा पनि राखिएको छैन । लेखाजोखा नराख्नुको कारण कमिसन भएको बुझिन्छ । पम्पहरुमा छापा मार्नेबित्तिकै दुधको दुधको पानीको पानी भइहाल्छ । अनुगमन नगर्दा जनता ठगिने क्रम रोकिएको छैन । आयल निगमको महिनादिन पनि बित्न नपाउँदै इन्धनको मूल्य बढाउँछ । पछिल्लो समय इन्धनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
मूल्य जति बढाएपनि जनता तिर्न बाध्य छन् । सरकारले तोकेजति रकम तिरेपछि तेल पनि तोकेजति नै पाउनुपरयो । तर, पैसा तिरेर पनि जनताले कम इन्धन पाइरहेका छन् । अनि कहाँ छ सरकार ? सरकारको नियम नमान्ने र कम इन्धन दिने पेट्रोल पम्पविरुद्ध कहाँ गएर उजुरी गर्ने ? जनता अन्यौलमा परेका छन् । गाडीमा हालेको इन्धन निकालेर नाप्नपनि नमिल्ने, कम इन्धन भयो भनेर भन्न पनि नमिल्ने । पम्प सञ्चालकले जति दियो त्यतिमै सन्तुष्टि हुनुपर्ने बाध्यता छ ।
अनुगमनमा नियमनकारी निकायले उदासिनता देखाउँदा र उजुरी गर्ने ठाउँको अभाव हुँदा पम्प व्यवसायीको जनता ठग्ने मनोबल झनै बढ्दै गएको छ । सम्बन्धित निकाय यस विषयमा मौनधारण गरेर बसेको छ । नापतौल विभाग पम्प व्यवसायीकै पक्षमा छ । बीचमा पिल्सिने त जनता मात्रै भए । सिल नचुडाइकन, दाग नलगाइकन उनीहरुले मिटर मिलाएका हुन्छ जसको अत्तोपत्तो कसैलाई हुँदैन । नापतौलका कर्मचारीबाहेक अरु कसैले पनि सिल ठीक छ कि छैन यसको जवाफ दिन सक्दैनन् । तर, नापतौल विभागका कर्मचारी कहिले अनुमनमा निस्किँदैनन् । विभागले अनुगमन नगर्नु र कानुनको दायरामा नल्याउनुको पछाडि केही स्वार्थ अवश्य नै हुनुपर्छ ।
विगत दुई वर्षदेखि पेट्रोल पम्पहरुमा अनुगमन गरिएको छैन । यता, पम्प व्यवसायीहरुले राजस्व पनि छली गरिरहेका छन् । आयल निगमले पेट्रोल बिक्री गरेबापत उनीहरुलाई कमिशन दिएको हुन्छ । जति इन्धन बिक्री गरयो उनीहरुलाई त्यति नै फाइदा हुने हो । तर, पम्प व्यवसायीहरुले दैनिक नाफाको राज्यलाई राजस्व तिरेका छैनन् । अहिले सञ्चालनमा भएको पेट्रोल पम्पमा करौडौ रुपैयाँ लगानी गरिएको छ । कतिपयले भाडामा त कतिले आफ्नै जग्गामा पम्प सञ्चालन गरेका छन् ।
यो लगानीको पनि राज्यले राजस्व पाएको छैन । सरकारले राजस्व उठाउनका लागि पेट्रोल पम्पहरुलाई पनि घरेलु र कम्पनीमा लगेर पञ्जीकरण गर्ने व्यवस्था मिलाउनुपर्छ । पम्पहरुमा पञ्जीकरण लागू गर्ने हो भने राज्यको ढुकुटीमा अरबौ रुपैंया राजस्व संकलन हुन्छ । त्यसैगरी, सरकारले कतिले मिटर बिगारेका छन् कतिले छैनन् यसको लेखाजोखा जनतालाई दिनुपर्छ । नापतौल विभागका कर्मचारीहरुले जनताले तिरेको करबाट तलबभत्ता खाइरहेका छन् । सरकारी गाडी पनि चढिरहेका छन् । तर, उनीहरु जनताकै लागि काम गर्न चाहँदैनन् ।
विभागका कर्मचारीहरुले दिन कटाउने र माना पचाउने काम मात्र गरिरहेका छन् । अहिले सञ्चालन भएका पेट्रोल पम्पहरु सबै सडक छेऊमा छन् । धेरै नै घनाबस्ती भएको ठाउँमा पम्प सञ्चालन गर्न दिइएको छ । थोरै जग्गामा सञ्चालन भएका पेट्रोल पम्पले ट्राफिक जाम बढाइरहेको छ । त्यस्तै, केही कारणबस पम्पमा आगजनी भयो भने बस्ती नै सखाप हुन्छ । सरकारले बनाएको मापदण्डविपरीत पम्पहरु सञ्चालन भइरहेका छन् ।
त्यस्ता पम्पहरुलाई कारबाही गर्न सम्बन्धित निकायले बेवास्ता गरिरहेको छ । पेट्रोल पम्पहरुलाई सडक छेउबाट हटाउन सड विभागले पहल गरेको छैन । ट्राफिक जाम बढ्यो । पेट्रोल पम्पलाई सडक छेउबाट हटाउनुपर्छ भनेर ट्राफिक प्रहरी महाशाखाले पनि ध्यान दिँदैन । सर्वसाधारण आफैले पनि यस्ता जोखिमपूर्ण व्यवसायहरु घर वरपर सञ्चालन गर्न दिनुहुँदैन भनेर आवाज उठाएका छैनन् । दुई दशकअघि घरहरु कम थियो, बस्ती बसिसकेको थिएन । जनसंख्या न्यून थियो भने सडक र गाडी पनि अहिलेको जति थिएन ।
जसका कारण सरकारले थोरै जग्गामा पम्प सञ्चालन गर्न दियो । तर, अहिले त्यही पम्प हाम्रा लागि जोखिमपूर्ण बनेको छ । बस्तीको बीचमा भएको पेट्रोल पम्पबाट ज्ुानैपनि बेला दुर्घटना हुनसक्छ । दुर्घटना हुन नदिन सरकारले ऐनकानुन नै परिवर्तन गर्नुपर्छ । सरकार पनि यसमा जिम्मेवार हुनुपरयो ।

प्रकाशित मिति: असार ८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend