धरानः माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा यस वर्ष अहिले ढिलोगरी आउने भएको छ ।
असार अन्तिममा नतिजा सार्वजनिक गर्ने तयारीमा लागेको परीक्षा नियन्त्रण कार्यालयले नै ढिलोगरी नतिजा आउने जानकारी दिएको हो । सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
उनका अनुसार असार मसान्तभित्र गर्ने भनेर तयारी थालेपनि साउन पहिलो हप्तासम्ममा मात्रै नतिजा सार्वजनिक गर्ने जानकारी दिए । परीक्षा गत वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।