Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले ३० औं पटकको प्रयासमा बल्ल एसईई उत्तीर्ण गरे

हाम्रो कोशी आवाज
साउन १३ २०७९, शुक्रबार
जसले ३० औं पटकको प्रयासमा बल्ल एसईई उत्तीर्ण गरे

धरानः इच्छा शक्ति र धैर्य भएमा एक न एक दिन सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बनेर देखाएका छन्, कैलालीका ५३ वर्षीय भागीराम चौधरीले उनले ३० औं पटकमा एसईईमा २ जिपिए प्राप्त गरी उनले उदाहरण प्रस्तुत गरेका छन् ।
कैलाली गाउँपालिका–६ को गटरियास्थित जनता माध्यमिक विद्यालयबाट उनले एसईई पास गरेको विद्यालयमा कार्यरत शिक्षक यामु शर्माले जानकारी दिए ।
चौधरी ०५२ बाट सोही विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन् । तीन दशकको अथक प्रयासपछि एसईई उत्तीर्ण गर्न सफल चौधरीले अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने बताए । उनले भने, ‘यस वर्ष एसईई पास भएपछि धेरै खुसी भएको छु । अब कक्षा ११ र १२ यसै विद्यालयमा पढ्छु ।’
कैलाली गाउँपालिका–६, बनकट्टाका चौधरीले ०४८ मा पहिलोपटक एसएलसी दिएका थिए । दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलो पटक एसएलसी परीषा दिएका उनलाई सफलता हात लागेन । त्यसपछि हरेक वर्ष एसएलसी दिँदा पनि सफल हुनुभएन । विगतमा चलनचल्तीको भाषामा फलामे गेट भनिने एसएलसी उनका लागि साँच्चिकै फलामे गेट बन्यो ।
चौधरीसँगै पढेका सहपाठी अहिले सरकारी सेवाबाट निवृत्त हुने अवस्थामा पुगिसकेका छन् । सँगै पढेका कतिपय साथीहरू विद्यालयका प्रधानाध्यापक, कतिपय शिक्षक, कतिपय व्यापारी भएको उनको भनाइ छ ।

प्रकाशित मिति: साउन १३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend