Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसईई नतिजामा चित्त नबुझे निवेदन दिन पाइने

हाम्रो कोशी आवाज
साउन १३ २०७९, शुक्रबार
एसईई नतिजामा चित्त नबुझे निवेदन दिन पाइने

धरानः परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्तांक (ग्रेड) चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।
२०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति: साउन १३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend