Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शैक्षिक सत्र २०८० बैशाखदेखि शुरु गर्ने निर्णय

हाम्रो कोशी आवाज
माघ १५ २०७९, आइतबार
शैक्षिक सत्र २०८० बैशाखदेखि शुरु गर्ने निर्णय

धरानः आगामी २०८० सालदेखि विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो ।
यसअघि कतिपय विद्यालयहले शैक्षिक शत्र कहिलेदेखि सुरू हुने भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जिज्ञासा राख्दै आएका थिए । चालु शैक्षिक शत्र असारबाट सुरू भएकोमा २०८० मा कहिलेबाट सुरू हुन्छ भन्नेमा कतिपय विद्यालयमा अन्यौल थियो ।
शिक्षा नियमावली, २०५९, (संशोधनसहित)को नियम ८४ (१) बमोजिम ६ माघमा मन्त्रीस्तरीय निर्णयले वैशाख १ गतेदेखि सुरू गर्ने निर्णय गरेको हो ।
केन्द्रले ७७ वटै जिल्लामा परिपत्र जारी गर्दै सोही निर्णयको आधारमा स्थानीय तहमार्फत विद्यालयमा जानकारी गराई कार्यान्वयनमा सहजीकरण गर्न अनुरोध गरेको छ ।
हरेक वर्ष बैशाख महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुनुपर्नेमा कोरोना महामारीका कारण शैक्षिक सत्र पर धकेलिएको थियो । त्यसपछि अन्योल बनेको २०८० बैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू हुने भएको हो ।

प्रकाशित मिति: माघ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend