Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आलु प्याजमा लगाइएको भ्याट फिर्ता लिन लिन दबाब दिँदै संयुक्त संघर्ष समिति गठन

हाम्रो कोशी आवाज
असार १ २०८०, शुक्रबार
आलु प्याजमा लगाइएको भ्याट फिर्ता लिन लिन दबाब दिँदै संयुक्त संघर्ष समिति गठन

धरान: आलु प्याजलगायतका कृषि उपजमा लगाइएको भ्याट फिर्ता लिन सरकारलाई दवाव दिने उद्देश्यले व्यवसायीहरुले संयुक्त संघर्ष समिति बनाएका छन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको नेतृत्वमा संयुक्त संघर्ष समिति बनाइएको व्यवसायी राजु केसीले जानकारी दिए।जसअनुसार व्यवासायीले कालीमाटीसहितका राजधानीका सम्पूर्ण र उपत्यकाबाहिरका फलफूल तथा तरकारी बजारमा समेत शनिबारदेखि कालो झण्डासहित विरोधमा ब्यानर टाँग्ने भएका छन् ।
अर्का व्यवसायी उज्जल कार्कीले आलु प्याजसहित तरकारी र फलफूलजन्य कृषि उपजहरुमा नेपाल सरकारले लगाएको भ्याट फिर्ता हुनुपर्ने आफूहरुको मुख्य माग रहेको बताए । उनले आलु र प्याज दैनिक उपभोग्य वस्तु भएको बताउँदै भ्याट लगाउँदा तत्काल मूल्यवृद्धि हुने र उपभोक्ता मारमा पर्ने भएकाले फिर्ता लिन माग गरिएको बताए ।
उनले भ्याटको जटिलताले गर्दा विक्रि वितरण पनि सहज नहुने बताए । यसका लागि विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि बाध्य भएर संयुक्त, संघर्ष समिति बनाइएको उनले बताए । उनले भोलिदेखि विरोधका कार्यक्रम गरिने भन्दै समितिमा उपत्यका र बाहिरका सबै तरकारी तथा फलफूल व्यवसायीहरु रहेको बताए ।
उनले ३ गते बृहत बैठक बोलाइएको र सो बैठकबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर जाने बताए ।

प्रकाशित मिति: असार १ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • ६ अर्बको धरान-लेउती सुरुङ मार्ग फेरि चर्चामा

    धरानः सुरुङमार्गका तस्वीर तथा भिडियोहरु देख्नेवित्तिकै तपाईं हामीलाई विदेशको झल्को आइहाल्छ । र, मनमा प्रश्न उब्जिहाल्छ धरानमा पनि कहिले यस्तो बन्ला ? धरानलगायत कोशी प्रदेशबासीले...

    • १ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • बराहक्षेत्रमा पानीमा उफार्ने खेलको तयारी

    धरानः सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ च्याम्पियनसिपको चौथो संस्करण हुने भएको छ। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियन्सीप आयोजक चतरा हाइकिङ समूहका संयोजक भीषण राईले...

    • ३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • इटहरीमा नेपथ्यसँगै झुमे १० हजार बढी दर्शक

    धरानःनेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • जसले पाउँदैछन् सम्मानसहित तीन लाख बढीको पुरस्कार

    धरानः इलामस्थित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र)ले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले ‘आदर्श नागरिक सम्मान’ नगद राशि ७७ हजार ७७७...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

    धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा...

    • १ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • सुनसरीमा हत्या गरेर शव कार्पेटमा पोको पारेर फाल्ने समातिए

    धरानः प्रहरीले विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका लालजीप्रसाद गुप्ताको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ धरान रोडमा...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend