Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशका तीन जिल्लाका बाढीपीडितलाई एक करोड रुपैयाँ बराबर सहयोग

हाम्रो कोशी आवाज
असार ९ २०८०, शनिबार
कोशी प्रदेशका तीन जिल्लाका बाढीपीडितलाई एक करोड रुपैयाँ बराबर सहयोग

धरानः उत्तरी छिमेकी मुलुक चीनले पूर्वी नेपालका बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने भएको छ । शनिबार पोखरामा ड्रागन बोट रेस फेस्टिभलको समापन कार्यक्रममा काठमाडौंस्थित चिनियाँ राजदूत चेन सोङले सो सहयोगबारे घोषणा गरेका हुन् ।
१ असारमा पूर्वी नेपालका ताप्लेजुङ, संखुवासभा र पाँचथरमा बाढीपहिरोले व्यापक जनधनको क्षति भएको थियो । चीनले ४० लाख रुपैयाँ भने नगदै सहयोग गर्नेछ । अन्य राहत सामाग्री सहयोग गर्ने भएको हो ।
‘अहिले नेपाल सरकारको ध्यान पूर्वी नेपालमा छ,’ चिनियाँ राजदूतले भने, ‘चीन र नेपाल पनि नदी र हिमालबाट एक आपसमा जोडिएको छन् । यो दुःखको घडीमा सहयोग गर्नु हाम्रो पनि दायित्वभित्र पर्छ ।’

प्रकाशित मिति: असार ९ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend