Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यूएईविरुद्ध सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

हाम्रो कोशी आवाज
असार १७ २०८०, आइतबार
यूएईविरुद्ध सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।
२८ रन बनाएर खेलिरहेका आर्यान्शं शर्मा सन्दीप लामिछानेको बलमा क्याच आउट भएका हुन् । शर्मा आउट भएसँगै यूएईलाई दोस्रो झट्का लागेको छ । ४३ बलको सामना गरेका उनले ३ चौकासमेत प्रहार गरेका थिए ।
ताजा अवस्थामा यूएईले १६ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर ६४ रन बनाएको छ । यूएईका लागि कप्तान भृत्य अरविन्दले २८ रन बनाउर खेलिरहेका छन् ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान एक एक विकट लिए ।
आजको विजेता टिमले सातौं स्थानको लागि आयरल्याण्डसँग खेल्नेछ भने पराजित हुने टिमले नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: असार १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend