Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ठगको संसार !

रुषा थापा
असार २० २०८०, बुधबार
ठगको संसार !

पछिल्लो समय बजारमा छ्यापछ्याप्ती नक्कली सामान भेटिन्छन् । यति मात्र नभई कम तौल भएका, गुणस्तरहीन वा म्याद सकिएको सामान पनि उत्तिकै फेला परिन्छ । सानो किराना पसलदेखि ठुल्ठुल्ला पसल वा सुपरमार्केट, भाटभटेनीलगायतमा यस्ता सामान प्रशस्तै भेटिन्छन् ।
यता, व्यापारीहरुले भने नक्कली सामानलाई सक्कल भनेर बेचिरहेका छन् त म्याद सकिएको सामानमा नयाँ मिति टाँसेर बेचिरहेका छन् । सरकार अनुगमन गर्दैन । उद्योग तथा वाणिज्य विभाग, नगरपालिका, महानगरपालिका वा सम्बन्धित निकाय अनुगमनमा चासो देखाउँदैनन् ।
सामान किन्नेमध्ये कति अशिक्षित हुने गर्छन् भने शिक्षित मानिसहरुले पनि सामान किन्दा उक्त सामानको म्याद वा गुणस्तर राम्रोसँग हेर्ने गर्दैनन् । बजारमा जतिपनि सरसामान बेच्न राखिएको छ, त्यसको मुल्य सरकारले निर्धारण गरेको छैन । व्यापारीहरुले आफुखुशी वस्तु तथा सेवाको मूल्य निर्धारण गरेका छन् ।
आफ्नो व्यक्तिगत लाभका लागि व्यापारीहरुले भने २० रुपैयाँको सामान सय रुपैयाँमा बेचेर जनता ठगिरहेका छन् । अहिले चामलदेखि खाने तेल, घिउ, दाल, पिठोलगायत सबै वस्तु गुणस्तरहीन आएको वा रहेको बताइन्छ । एकातिर व्यापारीहरुले सर्वसाधारणसँग पैसा महंगो लिने, अर्कातिर खानै नहुने सामान बेच्ने ।
अहिले खाद्यमा मात्र नभई हाडवेयर पसलहरुमा पनि नक्कली, गुणस्तरहीन सामान बेचिन्छ भनेर बजारमा खुब चर्चा छ । पछिल्लो समय बजारमा अत्याधिक विषालु प्रयोग गरिएको तरकारीहरु बिक्री वितरण गरिरहेको सुनिन्छ । यता खर्सीको मासु भनेर बाख्राको मासु बिक्रीवितरण गरिँदा भैंसीको मासु भनेर राँगाको मासु बेचिन्छ ।
सुनदेखि नुन पसललेसम्मको ठगीधन्दा अहिले हवात्तै मौलाएको छ । त्यस्तै, निजी अस्पताल, फार्मेसी, निजी क्याम्पस आदिको त ठगीधन्दाको सीमा नै छैन । उता यातायात व्यवसायीहरु त काम नै जनता र राज्य ठग्नु हो । त्यसैगरी, बैंक तथा वित्तिय संस्थाहरु पनि जनताको करोडौं रकम लिने एउटा रसिद दिने अनि डुब्यो भनेर भाग्ने ।
मिनपावर व्यवसायीहरुले पनि नपढेका गरिब नेपालीलाई चारदेखि पाँच लाख लिएर खाडी मुलुकमा बेच्छन् त पढेका नेपाली विद्यार्थीसँग २० लाखदेखि २५ लाख लिएर अमेरिका, अस्टेलिया बेच्छन् कन्सलट्रेन्सीहरु । गाउँबाट खर्सी, बोका, भैंसी, राँगा सहर ल्याएर बेचेझै मिनपावर र कन्सलट्रेन्सी व्यवसायीहरुले नेपालीहरुलाई धमाधम बेचिरहेका छन् । अहिले पाइलैपिच्छे दलाली भेटिन्छन् ।
आनाको एक लाख नपर्ने खेतीयोग्य जमिन जग्गा दलालीहरुले ६० लाखमा बेचिरहेका छन् भने सय रुपैयाँमा बिक्री नहुने सेयर ३५ सयमा बेचेका छन् । यता, दुई–तीन लाख नपर्ने गाडी पनि सिध्यै २० लाखमा बेचेका छन् । यहाँ एक दलालीले अर्को दलालीलाई ठग्ने र एउटा व्यापारीले अर्को व्यापारीलाई ठग्ने काम भइरहेको छ ।
तर, यीनीहरु कति शाक्तिशाली रहेछन् भनेर अहिले स्पष्ट भएको छ । सर्वसाधारण जनताको २१ खर्ब रकम सहकारी रातारात खाएर भाग्दा पनि सरकारले उनीहरुलाई समात्न सकेको छैन । अधिंकाश व्यवसायीले अहिले पनि बिना दर्ता व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरुले जनता ठगेर दिनहुँ हजारदेखि लाखसक्क कमाउँछन् ।
तर, राज्यलाई राजस्व तिर्दैनन् । दशैभरिको सरकारी जग्गा, गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र राज्यलाई राजस्व छल्नेहरु अर्बपति विनोद चौधरी, शेखर गोल्छा र उद्योग व्यवसायी तथा वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल राजनीतिक आडमा अहिले पनि खुलेआम हिडेका छन् ।
सरकारले उनीहरुलाई कानूनको दायरमा ल्याउन सकेको छैन । अब सरकारले कालोबजारी र जनता वा राज्य ठग्नेहरुलाई जेल कोच्नुपर्छ । देशैभरिको सरकारी जग्गा दर्ता गर्ने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ समातिँदा अधिंकाश खुशीले गदगद भएका छन् ।
त्यसैले, अब प्रचण्ड सरकारले यस्ता अन्य ठग, दलालीहरुलाई पनि कानूनको दायरामा ल्याए जनताले उनलाई धन्यवाद दिने छन् । सरकार अब एक्सनमा जानैपर्छ । यस्ता ठग, दलालीहरुलाई च्यापच्याप्ती समात्नुपर्छ र उनीहरुको सम्पत्ति राष्ट्यिकरण गर्नुपर्छ ।
कुनै पनि राजनीतिक दलले यस्ता ठग, दलालीलाई आफ्नो पार्टीको सदस्य वा कार्यकता भनेर बचाउन खोजेमा आगामी निर्वाचनमा जनताले त्यो पार्टीलाई नै मेटाइदिने छन् । बजारमा व्यापारीहरुले हप्तैपिच्छे सामानको मूल्य बढाएका छन् ।
यसैले, अब गाउँपालिका, नगरपालिकालगायत स्थानीय तहले बजार अनुगमनमा प्राथमिक दिन आवश्यक परिसकेको छ । साथै, राजस्व संकलनमा पनि जोड दिनुपर्छ । व्यापारीहरुले एउटै व्यवसायमा १० लाखदेखि करोडसम्म लगानी गरेका छन् । यता दिनहुँ व्यापार गरेबापत १ लाखदेखि ५ लाखसम्म कमाउँछन् । तर, आम्दानी र लगानी दुवैको राजस्व राज्यलाई तिर्दैनन् । घरधनीहरु पनि एउटा कोठा भाडामा लगाएबापत एक महिनाको ५ हजारदेखि १५ हजार लिन्छन् । एक फल्याटको २५ हजारदेखि २ लाख लिन्छन् अनि एउटा सटरको ५० हजारदेखि ९ लाखसम्म लिन्छन् ।
योसँगै एउटै घरमा करोडदेखि अर्बसम्म लगानी गरेका हुन्छन् । तर, लगानी र आम्दानीबापतको राजस्व राज्यलाई तिर्दैनन् । त्यसैले, अब सरकारले घरलाई पनि घरेलु तथा कम्पनीमा लगी पञ्जीकरण गर्न लगाउनुपर्छ । ६÷६ महिनामा प्राधिकरण चेकजाँच गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्छ ।
साथै, अटेरी गर्ने घरधनीलाई राज्यबाट उपलब्ध हुने सेवासुविधाबाट वञ्चित गराउनुका साथै घर सम्पन्ताका प्रमाण दिनुहुदैँन । एउटा निजी प्लेटको सवारीसाधनमा ३ लाखदेखि ४ करोडसम्म लगानी गरिएको हुन्छ । आफैं चढेर वा आफुलाई चलाउन दिएर महिनाकै लाख रुपैयाँसम्म आम्दानी गरिन्छ ।
तर, लगानी र आम्दानीको राजस्व राज्यलाई तिरिदैँन । त्यसैले, अब सरकारले निजी प्लेटको सवारीसाधनलाई पनि अनिवार्य रुपमा ६÷६ महिनामा जाँचपास गराउनुपर्ने र घरेलु तथा कम्पनीमा लगी पञ्जीकरण गराउनुपर्ने नीति कार्यान्वयनमा ल्याउनुपर्छ । अटेरी गर्ने सवारीसाधनको नामसारी तथा जाँचपास रोकिदिनुपर्छ ।
बजारमा जताततै बेथिति छ, ठगीधन्दा हवात्तै बढेको छ । शोषक, सामान्तीहरुले अशिक्षित, गरिब जनतालाई महिनाभरि काम गर्न लगाई तीनदेखि चार हजार तलब दिने गरेका छन् । निजी संघसंस्था, कम्पनी, पसल, होटल, रेष्टुरेन्टमा काम गर्नेहरुले वर्षो दिनदेखि तलब पाएका छैनन् ।
उनीहरुको छोराछोरी सरकारी विद्यालयमै पढ्नबाट वञ्चित हुँदा साहुहरुको छोराछोरी निजी, बोडिङ्ग महंगा विद्यालयमा पढ्छन् । त्यसैले, अब प्रधानमन्त्री प्रचण्डले यस्ता सामान्ती, शोषकहरुलाई कानूनको दायरमा ल्याउनुपर्छ । हरेक नेपाली नागरिकलाई न्यायदिनुपर्छ ।
टोले गुण्डाले अहिले पनि हप्ता उठाइरहेका छन् । यता, भूमाफियाहरुले पनि सरकारी, गुठी, मठमन्दिरलगायतका जग्गा व्यक्तिको नाममा दर्ता गरिरहेका छन् । यसकारण पनि अब सरकार मौन बस्नुहुदैँन । रात्रिकालिन होटल, रेस्टुरेन्ट, ड्रान्स बार, दोहोरी साँझ आदिले पनि सय रुपैयाँको सामान पाँच सयमा बेचिरहेका छन् ।
यहाँ व्यापक बेथिति छ । अवैध क्रियाकलाप गर्ने गरिन्छ । त्यसैले, सरकारले राति ९ बजेपछि कुनै पनि व्यापार, व्यवसाय सञ्चालन गर्न दिनुहुदैँन । कडा अनुगमन गरी सबैलाई कानुनको दायरमा ल्याउनुपर्छ ।
कानूनमा ९ बजेभन्दा उता कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइदैँन । त्यसैले, आफुहरुले व्यवसाय सञ्चालनका निम्ति काठमाडौं, ललितपुर र भक्तपुरको सीडियोलाई पैसा दिएको रात्रिकालिन व्यवसायीहरु दाबी गर्छन् । रातको समयमा व्यवसाय गर्दा निकै जोखिमपूर्ण हुन्छ ।
अधिंकाश मानिसको यसकारण नै पारिवारिक सम्बनधमा दरार उत्पन्न भएको छ । बालबच्चाको बिजोग भएको छ । आमा वा बुबा रक्सी खाएर रातभर ड्रान्स बार, रेस्टुरेन्टमा नाच्दा अधिंकाशको परिवार लथालिंग भएको छ । यति मात्र नभई कति व्यवसायीहरुले युवतीहरु राखेर अवैंध यौनधन्दा चलाइरहेका छन् ।
त्यसैले, यी सबैलाई नियन्त्रण गर्ने कदम स्थानीय तहबाटै चालिनुपर्छ । अहिले पार्टी प्यालेन्सदेखि महंगा होटल, रेस्टुरेन्टसम्ममा खर्सीको मासु भनेर बाख्राको मासु पकाएर बिक्रीवितरण गरिरहेको पाइएको छ । तर, यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण भएको छैन ।
अझै पनि सरकारी कर्मचारीहरुले बजार अनुगमन नगर्नेहरु हो सरकारले त्यस्ता कर्मचारीलाई तत्कालै कारबाही गर्नुपर्छ । बिचौलिया, दलाली, ठग सबैलाई कानूनको दायरमा ल्याउनुपर्छ । प्रधानमन्त्री प्रचण्ड अब दलालीहरुको कार्यक्रम जाने वा ज्ञापनपत्र बुझ्रने काम नगरी जनताको हितमा काम गर्नुपर्छ ।

प्रकाशित मिति: असार २० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend