धरानः धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा ‘ट्यालेन्ट शो’ कार्यक्रम आयोजना भएको छ ।
कार्यक्रममा विद्यार्थीहरुबीच नृत्य, गायन, कविता साथै वक्तृत्वकलाको प्रतियोगितात्मक कार्यक्रम आयोजना भएको थियो । प्रतियोगितामा कक्षा–११ मा अध्ययनरत् नवआगन्तुक विद्यार्थीहरुले आफूमा लुकेको प्रतिभा खुलेर प्रदर्शन गरे ।
हरेक विद्यार्थीसँग केही न केही प्रतिभा हुने गरेको र त्यही प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्रत्येक वर्ष ट्यालेन्ट शो गरिँदै आएको युएन, नवोदयका क्याम्पस प्रमुख, प्रिन्सिपल डम्वरकुमार तुम्बापोले जानकारी दिए । उनले युएन, नवोदय कलेजका विद्यार्थी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताए । उनले विद्यार्थीहरुले पढाइमा देशभर सेकेण्ड टप र प्रदेश १ टप गर्न सफल भएको भएको बताए । उनले अहिले यहाँबाट उत्पादित विद्यार्थी राष्ट्रियस्तरका गायन, नृत्य प्रतियोगितामा भाग लिएर अब्बलता सावित गरिरहेको बताए ।
यस्ता कार्यक्रमले विद्यार्थीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गर्न मद्दत पुग्नुका साथै उनीहरुले उचित प्लेटफर्म पाउने कलेजका अध्यापक रामबहादुर लिम्बूले बताए ।
ट्यालेन्ट शो को गायन र नृत्यतर्फको निर्णायकहरुमा नृत्यका राष्ट्रिय कोरियोग्राफर प्रितम साम्वाहाम्फे, सङ्गीत प्रशिक्षक विनायक राई, नृत्य प्रशिक्षक सन्तोष तामाङ, एसईई डान्सिङ स्टार सिजन– कि बिजेता नुमा लिम्बू, कलेजका अध्यापकहरु नाम्लिङहाङ चेम्जोङ, अनिमेश बाँस्तोला र सिर्जना लिम्बू रहेका थिए । ट्यालेन्ट शो कार्यक्रम कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको थियो । अध्यक्ष झालले युएन, नवोदय कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै गएको बताए ।











