धरानः सुनसरीको इटहरीमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।
इटहरी– १७ मझौरा टोलमा स्थानीय ४० वर्षीय नीमा तामाङले ३५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । उनको बीभत्स तरिकाले हत्या भएको पाइएको प्रहरीले जनाएको छ । पटक पटक घाँटीमा खुकुरी प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक केशव गौतमले जानकारी दिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी कारणले नै हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतक कमलाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । मृतककी दुई छोरी रहेको स्थानीयबासीले जानकारी दिएका छन् । यसअघि पनि सामान्य विवाद हुँदै आएको स्थानीयबासीले बताएका छन् ।
अदालतबाट मंगलबार म्याद थप गरिएपछि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।