Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बचतकर्तालाई भुल्याउँदै मात्रै सहकारी, अधिकांश घरमा रुवाबासी

अनुषा थापा
चैत्र ११ २०८१, सोमबार
बचतकर्तालाई भुल्याउँदै मात्रै सहकारी, अधिकांश घरमा रुवाबासी

नेपालीमा एउटा चर्चित उखान छ, ‘ठूलालाई चेन, सानालाई ऐन ।’ यो उखान सरकारले सहकारी पीडितमाथि देखाइरहेको व्यवहारसँग मेल खान पुगेको छ । राजनीतिक दलहरुको संरक्षणका कारण सहकारी पीडितले अहिलेसम्म पनि आफ्नो पैसा फिर्ता पाउन सकेका छैनन् । सरकारले पटकपटक आश्वासन दिएपनि कार्यान्वयन नगर्दा उनीहरु समस्यामा परेका छन् । बचतकर्ताको घरमा चामल छैन् ।
बच्चाको स्कुलको फिस तिर्न सकेका छैनन् । महिनौंदेखिको कोठाभाडा बाँकी छ । उपचार गर्ने पैसा नहुँदा रोग पालेर बसेका छन् । सहकारी सञ्चालक र कर्मचारी भने अहिलेपनि खुलेआम हिँडिरहेका छन् । बचतकर्ताको बचत अपचलन गर्ने सहकारीका सञ्चालकहरु करोडौं पर्ने गाडी चढेर हिँडेका छन् । पैसा फिर्ता माग्दा एउटै बहाना बनाउँछन्,‘घरजग्गा बिक्री भएपछि तपाईंहरुको पैसा फिर्ता दिन्छौं ।’
घरजग्गा कहिले बिक्री हुने र बचतकर्ताले पैसा फिर्ता पाउने ? दशौं वर्ष घरजग्गा बिक्री नहोला, तबसम्म बचतकर्ताले परिवार कसरी पाल्ने ? उपचार कसरी गर्ने ? सहकारीले पैसा खाइँदिदा उपचार गर्ने खर्च नभएर बचतकर्ताको ज्यान गएको खबरहरु पनि आए । मान्छे मरेपछि पाएको पैसाको के अर्थ ? बचतकर्ताको समस्यालाई सरकारले गम्भीर रुपमा लिएको छैन् । बचतकर्ताहरु उजुरी दिन स्थानीय पालिका र प्रहरीकहाँ पुग्छन् ।
सहकारी विभाग र सहकारी मन्त्रालय धाउँछन् । तर, उनीहरुको समस्या कसले सुनिदिने ? सरकारले बचत फिर्ता नदिने सहकारीको दर्ता खारेज गर्न कुनै पहल गरेको छैन् । उता, छिटो पैसा फिर्ता देऊ भनेर दबाब पनि दिँदैन् । बचतकर्ताले आफ्नो पैसा लगेर घरजग्गामा हाल भनेर राखेका होइनन् । सहकारी सञ्चालकहरुले दिन दुई गुणा र रात चौगुणा कमाउनका लागि यी क्षेत्रमा लगानी गरेका हुन् ।
आपतविपत परेको बेला सजिलो हुन्छ, कसैसँग हात थाप्दै हिँड्नुपर्दैन् भनेर बचत गरेकोमा सहकारी सञ्चालकहरुको गलत नियतले पैसा जोखिममा परेको छ । सहकारीमा एउटै व्यक्तिको लाखदेखि १२ करोडसम्म फसेको छ । सहकारी सञ्चालकहरुले एक लाख आना नपर्ने जग्गालाई उनीहरुले घुस खाएर ६०–७० रुपैयाँ कर्जा दिएका छन् । आफैंले पनि लगानी गरेका छन् ।
यदि त्यति रकममा खरिद गर्ने मान्छे पाइएन् भने के हुन्छ ? बचतकर्ता डुबेनन् ? सहकारीले लगानी गर्नुअघि सोच्नुपर्छ कि पर्दैन् ? जोखिमपूर्ण क्षेत्रमा लगानी गर्दा भोलि हाम्री डुब्न सक्छौं भन्ने कुरा ख्याल गर्नुपर्छ कि पर्दैन् ? अहिले मान्छेसँग भात खाने पैसा छैन् । बजारको स्थिति डामाडोल छ । यस्तोमा जग्गामा कसले लगानी गर्छ ? बचतकर्ताको पैसा लामो समयसम्म फिर्ता नआउने देखिन्छ ।
सहकारी सञ्चालकले बचतकर्तालाई झुल्याइ मात्र रहेका छन् । बैंक तथा वित्तिय संस्थामाथिबाट जनताको विश्वास गुमिसकेको छ । बैंक, सहकारी र लघुवित्तमा बचतकर्ताले पैसा राख्दैनन् । बरु घरमै राख्छन् । अब न बचतकर्ताले ल्याएर पैसा राख्छन्, न सहकारीले पैसा दिन सक्छ । पहिले पो एउटा व्यक्तिले ल्याएर पैसा राख्थें, अर्कोले लैजान्थें । अधिकांश सहकारी भागिसकेका छन् ।
केही खुल्ला भएपनि पैसा फिर्ता दिन सकेका छैनन् । ती सहकारीको सर्वसाधारणको भीड त देखिन्छ तर पैसा राख्ने होइन्, माग्नेको । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बचतकर्ताको समस्यालाई नजरअन्दाज गरिरहेका छन् । सहकारी पीडितको आँखाबाट आँशुको बलिन्द्र धारो बगिरहेको छ, मन्त्रीलाई मतलब नै छैन् । न सहकारी महासंघका पदाधिकारीलाई समात्छन् न ‘ठग’ सहकारी सञ्चालकलाई ।
अधिकांश सहकारी बचतकर्ताको पैसा पचाएर बसेका छन् । ठूल्ठूला र नाम चलेका सहकारीहरु बन्द भएका छन् । खुलेकाले पनि पैसा फिर्ता गर्न आलटाल गरिरहेका छन् । पहिले उनीहरुले गरेको काम हेरौं अनि मात्र कार्यक्रममा सरिक हौं । जसले पीडा दिएको छ, उसैको कार्यक्रमको उद्घाटन गर्नु, प्रमुख अतिथि बन्नुले जनतालाई थप पीडा दिन्छ कि दिँदैन् ? विचार गरौं । सहकारीको बोर्ड देख्नेबित्तिकै सर्वसाधारण ढुंगाले हिर्काउन खोज्छन् । तर, कानुनका कारण उनीहरु रोकिएका छन् । घरमा क्षति पुग्छ, आफैंलाई अप्ठेरो पर्छ भनेर उनीहरु हात बाँध्छन् ।
आफ्नो घरमा आक्रमण हुन सक्ने डरले घरधनीहरुले बोर्ड हटाएका छन् । भित्र सहकारीको कार्यालय त छ तर बोर्डचाँहि निकालेर राखेका छन् । सदनमा पेश गरिएको सहकारी विधेयकलाई पारित गर्न ९५ जना सांसदले मतदान गरे । ४१ जनाले विपक्षमा मत हाले । सहकारीले गर्दा आज प्रत्येक घरमा रुवाबासी छ । कतिपयको घरपरिवार लथालिङ्ग भएको छ । श्रीमान श्रीमतीको सम्बन्ध टुक्राटुक्रा भएको छ ।
तर, सांसदहरुले सही र गलत छुट्याउन सक्दैनन् । जनता पीडित छन् यद्यपि सांसदहरु विपरीतमा मतदान गर्छन् । पार्टीको निर्देशन अमुल्य कि जनताको मत ? विधेयकको विपक्षमा मतदान गर्ने ४१ जना सांसदलाई पनि सहकारी पीडितले मतदान गरेका थिए होलान् । यद्यपि, जनताको समस्या भाडमा जाओस्जस्तो गरेर पार्टीलाई प्राथमिकतामा राखियो ।
सरकारले सहकारी सञ्चालकलाई च्यापच्यापी नसमात्ने हो भने जनता नै कारबाहीमा उत्रिन्छन् । जनताले समातेर कालोमोसो दल्छन् । सहकारी बसेको घरमा तोडफोड हुन्छ । त्यसैले सरकार बेलैमा सचेत होस् । जनताको पीडामाथि राजनीति गर्ने काम गर्दा ठूलो क्षति भोग्नुपर्ने हुन सक्छ । पासबुक चेक गर्न भनेर लैजान्छन् र खाल्डोमा गाड्छन् वा जलाइदिन्छन् ।
उनीहरुले बचतकर्ता न्यायको ढोका ढक्ढकाउन जान्छन् भनेर प्रमाण नै नष्ट गरिरहेका छन् । सहकारीमा कालो धन पनि उप्रोमाथि थुप्रो छ । सरकारी कर्मचारी, राजनीतिक दलका नेताहरुले भ्रष्टाचार गरेको पैसा सहकारीमा राखेका थिए । व्यापारीहरुले राजश्व छलेको रकम सहकारीमा लुकाएका थिए । भोलि स्रोत खुलाउनुपर्छ भनेर उनीहरु मुखमा ताला लगाएर बसेका छन् ।
हिजो घरपरिवारलाई थाहै नदिई पैसा राख्नुस् भनेर सहकारीले लुकाईछिपाई बचत गर्न लगायो । अहिले घरपरिवारलाई भन्दिन्छु, घरमा बिग्रह ल्याइदिन्छु भनेर धम्काइरहेका छन् । स्रोत खोल भनेर तनाव दिइरहेका छन् । स्रोत सहकारी सञ्चालकले खोज्ने कि सरकारले ? बचतकर्तालाई दुःख दिने काम सहकारीले गरिरहेको छ । सहकारीका सञ्चालकहरुको नियत नै ठग्ने र लुट्ने रहेछ भन्ने पुष्टि भइसकेको छ ।
तर, जनताले ढिलो बुझें । जसका कारण धेरै सहकारीले फिँजाएको जालमा फसे । सरकारबाट केही होलाजस्तो देखिँदैन् । बचतकर्ताले नै अब सशक्त भएर आफ्नो दुःखको कमाइका लागि लड्नुपर्छ । देशैभर ३५ हजार २३९ वटा सहकारी दर्ता भएको छ । योमध्ये ७० प्रतिशत एमाले, ३० प्रतिशत काँग्रेस, माओवादी, मधेशी दललगायत अन्य पार्टीका कार्यकर्ताले खोलेका छन् ।
यी सहकारीमा करोडौं बचतकर्ताको ४३ खर्ब रुपैयाँ झवाम्म भएको छ । आफ्नै पैसाका लागि बचतकर्ता लड्दै हिँड्नुपरेको छ । बचतकर्ताहरु न शान्तिसँग बाँच्न पाए न जिन्दगीभरको कमाइ नै रह्यो ।

प्रकाशित मिति: चैत्र ११ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend