Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बजारमा हुन छाड्यो अनुगमन, मौसमी अनुगमनले बजारमा गुणस्तरहीन सामान सहजै बेचिन्छ

अनुषा थापा
चैत्र २९ २०८१, शुक्रबार
बजारमा हुन छाड्यो अनुगमन, मौसमी अनुगमनले बजारमा गुणस्तरहीन सामान सहजै बेचिन्छ

गुणस्तर सामानको उपभोग गर्न पाउनु हरेक उपभोक्ताको अधिकार हो । तर, पछिल्लो समय बजारमा म्याद सकिएको, गुणस्तरहीन, कम तौलका सामानहरु बजारमा छ्याप्छ्याप्ती भेटिन्छ । साना किराना पसलदेखि सुपरमार्केटसम्मले उपभोक्ताको स्वास्थ्यलाई हानि पुग्ने सामान बेचिरहेका छन् ।
यता, औद्योगिक मेलाको आयोजना गरेर व्यापारीहरुले बिग्रिएका सामान, म्याद सकिएको सामानहरु बेचिरहेका छन् । उपभोग्य सामान मात्र होइन्, होटल, रेष्टुरेण्ट र मिठाई पसलहरुले पनि बासी सामान बेच्छन् । कैयौं दिनअगाडि पकाएको खाना फ्रिजमा राखेर उनीहरुले तताउँदै ग्राहकलाई खुवाउँछन् ।
माछामासु पसलेले पनि गर्ने त्यही हो । पहिले कुरा त मापदण्ड पालेका गरेका हुँदैनन्, दोस्रो कुहिएको माछामासु पनि बेच्छन् । भाटभटेनीलगायतका सुपरमार्केटमा राखिएको फलफूल तथा तरकारीहरु बिग्रिएको भेटिन्छ । केरा प्यात्तै गलिसकेको हुन्छ । तरकारीहरु पनि फ्रेस हुँदैन् ।
बजारमा मदिरा पनि डुप्लिकेण्ट बेचिन्छ । अधिकांश आंैषधी पसलले मापदण्ड पालना गरेको छैन् । तर, सरकार कतैपनि अनुगमन गर्दैन् । खसीको मासु भनेर बाख्राको मासु बेचिन्छ यहाँ । राँगाको मासु भन्दै भैसीको बेच्ने गरिएको छ । देशमा तीन तहको सरकार छ । तर, तीनै तहको सरकारले बजार अनुगमनमा चासो देखाएको छैन् ।
उपभोक्ता लुटिदाँ उनीहरु आँखामा पट्टी बाँधेर बसेका छन् । यसको अर्थ सरासर सरकार व्यापारीको पक्षमा भएको देखिन्छ । दहीदूध बेच्ने डेरीको पनि व्यापक बेतिथि छ । पानी हालेर दहीदूध बेचिन्छ । भक्तपुरको सूर्यविनायक नगरपालिका अगाडि रहेको डेरी पसलले पानी हालेर दही, दूध र मही बेचिरहेको छ ।
पसलेले मनलाग्दी पैसा लिएको स्थानीयको गुनासो छ । विडम्बना, त्यही अगाडि हुँदाहुँदै नगरपालिकाले अनुगमन गर्दैन् । त्यो पसल सञ्चालन भएको वर्षौं भइसक्यो । तर, अहिलेसम्म दर्ता गरिएको छैन् । नगरपालिकाका कर्मचारी त्यहीँबाट ल्याएर दही, मोही खान्छन् ।
यद्यपि, उनीहरु ती पसलेलाई करको दायरामा ल्याउन चासो देखाउँदैनन् । न कारबाही नै गर्छन् । कुनैपनि सामान किन्दा जनताको पैसा जान्छ । दुःख गरेर कमाएको पैसा कमशल चीजमा खर्चिनुपर्दा कति अपबोध महसुश हुन्छ ? व्यापारीले भनेजति पैसा तिरेर सामान खरिद गर्न पनि गुणस्तरीय नपाउनुले उपभोक्ता हकहितको सुनिश्चितता हुन्छ ?
प्रदेश र स्थानीय सरकार बेकामको बनिसकेको छ । केही काम नै गर्दैनन् । व्यर्थैमा राज्यमाथि आर्थिक भार बढाउने काम मात्र भइरहेको छ । सरकारले अनुगमन गर्ने हो भने धेरै व्यवसायी कारबाहीको दायरामा पर्छन् । किनकि कसैले मापदण्ड पालना गरेकै छैनन् । पहिलो कुरा त धेरै व्यवसाय दर्ता नै भएको छैन् ।
राज्यलाई कर नतिरीकन व्यवसाय सञ्चालन भइरहेको छ । सँगै त्यस्ता पसलले उपभोक्ताको स्वास्थ्यलाई प्रतिकूल असर पुर्याउने सामान बेचिरहेका छन् । होटलहरुले सोडाको प्रयोग गरेर भात पकाउँछन् । त्यो भात खाँदा उपभोक्ताको स्वास्थ्यलाई निकै नराम्रो असर पर्छ ।
सडक छेउछाउ छ्याप्छ्याप्ती रहेका भट्टी पसलहरुमा सरकारले अनुगमन गर्न निकै आवश्यक भइसकेको छ । बाहिर पर्दाले छेकबार लगाउँछन्, भित्र तास खेलाउने, जाँडरक्सी बेच्नेलगायतका गैरकानुनी क्रियाकलाप हुन्छ । त्योसँगै होटलहरु यौन व्यवसायको अखडा बन्न पुगेको छ ।
उपभोक्ताको हकअधिकार सुनिश्चितताका लागि सरकारले उपभोक्ता अदालत गठन गरेको छ । तर, बजार अनुगमन छैन् । बजार अनुगमन नै नभईकन उपभोक्ता अदालत सञ्चालनमा ल्याउनुको औचित्य के ? पहिले त सरकारले बजार अनुगमनलाई तीव्रता दिनुपर्यो ।
अनि उपभोक्ता ठग्ने, मापदण्डको पालना नगर्नेविरुद्ध भटाभट मुद्दा दायर गर्नुपर्यो । उपभोक्ताका नेताहरु व्यापारीहरुसँग हप्ता उठाउँछन् । चाडपर्व खर्च लिन्छन् । अनि जोसँग पार्किङ्ग मिल्दैन्, उसलाई कारबाही गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँछन् । उपभोक्ता नेता पनि घुस्याहा हुन् ।
नत्र यिनीहरुको घरखर्च कसरी चल्छ ? काठमाडौंमा घर कसरी ठड्याए ? छोराछोरी बोर्डिङ स्कुलमा कसरी पढाए ? पढ्नका लागि विदेश कसरी पुर्याए ? यिनीहरुको व्यापार व्यवसाय के ? आम्दानीको स्रोत के ? प्रष्टै छ व्यापारीबाट लिएको हप्ता । अनामनगरस्थित भाटभटेनी, बिगमार्केट छ ।
त्यही नजिक सिंहदरबार छ, सिडियो कार्यालय छ । तर, कुनैपनि निकाय अनुगमनका लागि छिर्दैनन् । अलिक टाढा भएपनि हो भन्नु । सरकारका कर्मचारी ‘दिन कटाउने र माना पचाउने’ मा मात्रै केन्द्रित भए । कमशल सामान बेचेर जनताको स्वास्थ्यमाथि खेलबाँड गर्न मिल्छ ? एक सय पर्ने सामानलाई दोब्बरमा बेचिरहेका छन् ।
यस्तो हुनुको कारण राज्य नै हो । राज्य हात बाँधेर बस्दा उपभोक्ताले दुःख पाए । उपभोक्ता ठगिए, उनीहरुको स्वास्थ्य बिग्रियो । सरकारले उपभोक्ताको हकहितका लागि बनाएको कानून कागजमै सीमित भएको छ । राजनीतिक दलले व्यापारीसँग चन्दा लिएर पार्टी चलाउँछन् भन्ने कुरामा दुईमत छैन् ।
सरकारी कर्मचारी पनि चाडपर्व खर्च लिन व्यापारीको घरमा पुग्छन् । उपभोक्ता अधिकारकर्मीको त धन्दा सबैलाई थाहा छँदै छ । व्यापारीहरु आफू बच्नका लागि उनीहरुलाई पोस्छन्, जनता लुट्छन् । जे गरेपनि आखिर मर्कामा पर्ने जनता नै हुन् । औषधी पसलमा लागूऔषध बेचिन्छ ।
तर, औषधी व्यवस्था विभाग के गर्छ ? सरोकारवाला निकम्मा हुँदा जनताले दुःख पाए । उनीहरुले एकातिर आफ्नो पैसापनि गुमाए, स्वास्थ्य पनि । स्थानीय र प्रदेश सरकार चाँहिदैन् भन्ने जनतामा परिसकेको छ । काम गर्न नसक्ने निकाय राखेर जनताले तिरेको कर किन सिद्धयाउने ?
राजश्व उठाउन प्रदेश सरकार र स्थानीय सरकारले चासो देखाउँदैन् । संघले पैसा पठाउने, अनि प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुले बाँडेर खाने । यस्तो पाराले देश चल्छ ? स्थानीय सरकारले आफ्नो खर्च आफैंले जुटाउनुपर्ने हो । तर, स्थानीय सरकारलाई राजश्व उठाउनतर्फ चासो छैन् ।
व्यापारीहरुले दर्ता नगरिकन पसल सञ्चालन गरेका छन् । तर, स्थानीय सरकार ती व्यवसायलाई अनिवार्य दर्ताको दायरामा ल्याउन र कर उठाउन तदारुकता देखाउँदैन् । प्रदेश सरकार त राजनीतिक कार्यकर्ता भर्ती गर्ने थलो बनेको छ । जनप्रतिनिधिहरुलाई आफ्नो जिम्मेवारीसमेत थाहा छैन् ।
संघीयता ल्याएर पनि देशमा केही उखालिएन् । बेकारमा राज्यको ढुकुटीमा चाप मात्र पर्यो । काम गर्न नसक्ने र खर्च मात्र बढाउने संघीयतालाई राज्यले खारेज गरिदिनु नै उत्तम छ । उत्पादनकर्ता प्रेमप्रसाद अधिकारी भाटभटेनीले आफ्नो सामानको पैसा नदिएको भन्दै संसद भवनअगाडि पेट्रोल खन्याएर आत्मदाह गरे ।
भाटभटेनीले सामान लिन्छ तर पहिले भुक्तानी गर्दैन् । यता, उपभोक्ताबाट तत्कालै पैसा लिन्छ । यो क्रम चलिरहेको छ । यस्ता पनि व्यापारी हुन्छन् ? अर्काको सामान ल्याएर बेच्ने, उपभोक्ताबाट खुइँका खुइँ पैसा लिने अनि उत्पादनकर्तालाई नदिने । भाटभटेनी साहु मीनबहादुर गुरुङ्गले चार अर्ब ४५ करोड रुपैयाँ राजश्व छलेका छन् ।
अदालतले राजश्व उठाउन सरकारलाई निर्देशन दिएपनि अहिलेसम्म उठाइएको छैन् । ललिता निवास जग्गा प्रकरणमा उनलाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको सजायँ सुनाइएको छ । यहाँलाई सानालाई ऐन, ठूलालाई चैन भयो । उपभोक्ता अधिकारको सुनिश्चितता गर्ने हो भने जनता सचेत हुनुपर्छ ।

प्रकाशित मिति: चैत्र २९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • ३ दिन अगाडी
    • ८ मिनेट पाठ
  • रास्वपाकी सांसद नै आएर बाँडिन् सुकुम्बासीलाई धनीपुर्जा

    धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानको पिण्डेश्वरमा लोकल बम

    धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

    धरानः मोरङको सुन्दरहरैंचामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend