Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलिदेखि मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

हाम्रो कोशी आवाज
साउन १६ २०८२, शुक्रबार
भोलिदेखि मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

धरानः देशका केही भागमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । भोलिबाट भने देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
“काठमाडौंमा आज वर्षाको सम्भावना छ । दिउँसो र राति नै वर्षा हुनेछ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “राति वर्षा भएकाले बिहान भने काठमाडौंमा खुल्नेछ । तर, १२/१ बजेपछि वर्षा हुने सम्भावना छ ।” काठमाडौंका केही स्थानमा भने बिहान पनि वर्षा भइरहेको छ ।
उनका अनुसार काठमाडौंमा भारी वर्षाको सम्भावना छैन । वाग्मती प्रदेशको सिन्धुपाल्चोक र दोलखाकातिरका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको उनले जानकारी दिए ।
विभागले राति केही स्थानमा भारी वर्षा हुने बताएको छ । राति देशभर साधारणतया बदली रहनेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ ।
मौसमविद् अधिकारीका अनुसार भोलिबाट भने मनसुनी प्रणाली थप सक्रिय हुने पर्वानुमान छ । “भोलिदेखि आगामी दिन अहिलेको तुलनामा धेरै वर्षा हुने देखिन्छ,” मौसमविद् अधिकारी भन्छन्, “यो अवधीमा विभागले भारी वर्षा हुने पूर्वानुमान गरेको छ । धेरै भारी वर्षा हुने सम्भावना पनि हुन सक्छ ।”
यो पटक अहिलेसम्म धेरै वर्षा नभएका क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान छ । मधेस र लुम्बिनी प्रदेशका दक्षिणी इलाकामा वर्षा नहुँदा खडेरी लागेको छ । यी क्षेत्रमा पनि यो पटक वर्षा हुने पूर्वानुमान गरिएको मौसमविद् अधिकारी बताउँछन् ।
यी क्षेत्रमा पानी नपर्दा अहिलेसम्म धान रोपाईं हुन सकेको छैन । रोपाईं भएका खेत पनि सुकेर रोपो मर्न थालेको छ । सरकारले तराईलाई सुक्खाग्रस्थ क्षेत्र घोषणा गरेको छ ।

प्रकाशित मिति: साउन १६ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend