Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज राति १० देखि २ बजेसम्म अति भारी वर्षाकाे चेतावनी, सुनसरीसहित अन्य जिल्ला रेडअलर्ट

हाम्रो कोशी आवाज
असोज १८ २०८२, शनिबार
आज राति १० देखि २ बजेसम्म अति भारी वर्षाकाे चेतावनी, सुनसरीसहित अन्य जिल्ला रेडअलर्ट

धरानः शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि अति भारी वर्षा भने भइसकेकाे छैन। पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै वर्षा पर्साकाे वीरगन्जमा ११०. १ मिलिमिटर मापन भएकाे छ।
आज शनिबार साँझदेखि आइतबार बिहान ८ बजेसम्म त्यसमा पनि राति १० बजेदेखि राति २ बजेसम्म अतिभारी वर्षा गराउने सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागका महानिर्देशक कमलराम जाेशीले बताए।
ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहित सरकारी अधिकारीलाई हालकाे माैसमी अवस्थाबारे शनिबार ब्रिफङ गर्दै महानिर्देशक जाेशीले भने, `मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका वासिन्दालाई विशेष सचेत रहन अनुराेध गर्दछु। यात्रामा निस्कँदा विशेष सावधानी अपनाउनु हाेला।´ २४ घन्टामा २०० मिलिमिटर वा त्याेभन्दा बढी वर्षा भएमा भारी र ३०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी हुन्छ। यद्यपि, भूगाेलअनुसार याे मापदण्ड फरक-फरक छ।
महानिर्देशक जाेशीका अनुसार विभागले भारीदेखि अतिभारी वर्षाकाे आकलन गरिएका १७ जिल्लामा रेडअलर्ट जारी गरेकाे छ। आइतबार बिहानसम्मका लागि काेशीका सुनसरी र उदयपुरमा रेडअलर्ट छ। त्यस्तै, मधेशका आठवटै जिल्ला सप्तरी, सिराहा, धनुषा, महाेत्तरी, सर्लाही, राैतहट, बारा र पर्सामा रेडअलर्ट छ। बागमतीका सिन्धुली दाेलखा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवनमा पनि रेडअर्लट जारी भएकाे छ। `यी जिल्ला र आसपासका क्षेत्रमा विशेष सावधानी अपाउनुपर्ने देखिन्छ,´ उनले भने।
त्यस्तै, अरू जिल्ला पनि बाढीपहिराेकाे उच्च जाेखिममा छन्। काेशीका झापा, माेरङ, इलाम, धनकुटा, पाँचथर, तेह्रथुम, भाेजपुर, घाेटाङ, ओखलढुंगा, साेलुखुम्बु र संखुवासभा जाेखिममा छन्।
गण्डकीकाे गाेरखा र गण्डकीकाे पूर्वी नवलपरासी पनि जाेखिममा परेका छन्। लुम्बिनीका नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा अलर्ट रहेर आइतबार बिहानसम्म ध्यान दिन उनले अनुराेध गरे।
आइतबार बिहानबाट भने वर्षा गराउने प्रणाली पूर्वी नेपालमा केन्द्रित हुनेछ। आइतबार पूर्वी तराई र मध्य पहाडी क्षेत्रमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। साेमबार बिहानबाट सिस्टम मत्थर भएर जाने र वर्षा कम हुनेछ।

प्रकाशित मिति: असोज १८ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend